आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आँधीखोला गाउँपालिकाका अध्यक्ष पौडेलद्वारा सम्पत्ति विवरण सार्वजनिक

  • प्रकाशित मिति : शनिबार, जेष्ठ १४, २०७९



  • स्याङ्ज। जिल्लाको आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ।

    अध्यक्ष पौडेलले पदस्थापनलगत्तै सामाजिक सञ्जालमार्फत सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो । निर्वाचित भएलगत्तै सम्पत्ति विवरण सार्वजनिक गर्ने पौडेल जिल्लामै पहिलो जननिर्वाचित अध्यक्ष हुनुहुन्छ ।

    पालिकाको अध्यक्षको जिम्मेवारीलाई पौडेलले जनताको सेवा गर्ने अवसरका साथै आफूलाई अब्बल सेवकको रूपमा प्रमाणित गर्ने दुवै चुनौती रहेको बताउनुभएको छ ।

    अध्यक्षपौडेलको नाममा गाउँपालिकाको वडा नम्बर ३ मा फरक–फरक कित्तामा झण्डै ११ रोपनी जग्गा र ढुङ्गाको छानो भएको एक कच्ची घर र गोठ छ । सार्वजनिक गरेको विवरणमा एक थान मोटरसाइकल र बैंक तथा सहकारीमा गरी नगद ४६ हजार ५ सय ५० रुपैयाँ नगद छ ।

    जिल्लामा सञ्चालित माछापुच्छ्रे पोल्ट्री लाइभ स्टोकमा १२ हजार ५ सय र विभिन्न बैंक तथा सहकारीमा ३ हजार ५ सय कित्ता शेयर रहेको छ । श्रीमती संगिता शर्मा पोख्रेलका नाममा करिब साँढे ४ तोला सुन तथा पुतलीबजार नगरपालिका १ मा दुई तले पक्की घर रहेको सार्वजनिक विवरणमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij