आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रधानमन्त्री देउवाद्वारा एकीकृत समाजवादीका मन्त्री फेर्न अस्वीकार

  • प्रकाशित मिति : सोमवार, जेष्ठ २३, २०७९



  • बि. पी. स्मृति सामुदायिक सहकारी अस्पताल, बसुन्धराको १४ औँ वार्षिक साधारण सभामा शनिबार सहभागी प्रधानमन्त्री शेरबहादुर देउवा । तस्वीर ः रोशन सापकोटा, रासस

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीबाट सहभागी भएका मन्त्री फेर्न गरेको प्रस्ताव विवादमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसलाई अस्वीकार गरिदिनुभएको छ ।

    बजेटको विषयमा संसद्मा छलफल चल्दै गर्दा सम्बन्धित मन्त्रीलाई परिवर्तन गर्नु उचित नहुने भन्दै एकीकृत समाजवादीका मन्त्रीहरूले प्रधानमन्त्री देउवालाई सोमबार भेटेर आग्रह गरेका थिए ।

    यस्तै उनीहरूले आइतबार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि भेटेर आफ्ना अध्यक्ष माधव नेपाललाई सम्झाइदिन दबाव दिएका थिए ।

    एकीकृत समाजवादीका तर्फबाट मन्त्री बनेकाहरूले उठान गरेको विषयमा सोमबार विहान शीर्ष नेताहरूको बैठक बालुवाटारमा बसेको थियो ।

    बैठकमा अहिले मन्त्री फेर्दा अन्य दलमा पनि फेरबदलको दबाव बढ्ने र त्यसले सत्ता गठबन्धनको निरन्तरतामै समस्या उत्पन्न हुनसक्ने जोखिमबारे समीक्षा भएको थियो ।

    त्यसको असर बजेट पारित गर्ने कार्यमै पर्न सक्ने देखिएपछि तत्कालका लागि मन्त्रिपरिषद् पुनर्गठन नगर्ने निष्कर्षमा प्रधानमन्त्री पुग्नुभएको हो ।

    पार्टीको निर्णयपछि मन्त्रीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई निर्णय रोक्न दबाव दिएपछि देउवा पछि हट्नुभएको हो ।

    एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा स्वास्थ्यमन्त्री विरोध खतिवडाले बजेटको विषयमा छलफल चल्दै गर्दा मन्त्री हेरफेर अन्तराष्ट्रिय प्रचलन समेतको विपरीत हुने बताउनुभयो ।

    प्रधानमन्त्रीले मन्त्री फेरबदल गर्ने निर्णय कार्यान्वयन गर्न नमानेपछि अध्यक्ष नेपालले केही मन्त्रीहरूलाई बोलाएर सोमबार नै छलफल गर्नुभएको छ ।

    छलफलमा अध्यक्ष नेपालले आफूले अन्यथा निर्णय नगरेको भन्दै काममा निरन्तरता दिन मन्त्रीहरूलाई आग्रह गर्नुभएको थियो ।

    अध्यक्ष नेपालले पुराना मन्त्रीहरूलाई फिर्ता बोलाउनु उनीहरूलाई दण्डित गरेको नभएर अन्य नेताहरूलाई पनि मौका दिनु रहेको बताउँदै आउनुभएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij