आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

वामदेव गौतमद्वारा पार्टी घोषणा, आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने टिप्पणी

  • प्रकाशित मिति : मङ्लबार, असार १४, २०७९



  • काठमाडौं । नेकपा (एमाले)का पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ पार्टीको घोषणा गर्नुभएको छ ।

    गौतमले नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान नामको नयाँ राजनीतिक दल घोषणा गर्नुभएको हो । गौतम संयोजक रहेको पार्टीमा ७५ जना केन्द्रीय सदस्य रहेका छन् ।

    त्यसमध्ये यो पार्टी समन्वय समितिको रूपमा रहँदासम्म केन्द्रीय सचिवालयमा ८ सदस्यहरू रहने जनाइएको छ । पार्टीको संयोजकमा बामदेव गौतम, सचिवमा डीबी कार्की र सदस्यहरूमा ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन् ।

    पार्टीले संयोजक र सचिव बाहेक सबैजना सदस्यको रूपमा रहने बताइएको छ । नेकपा विभाजन पश्चात छुट्टै अभियानमा रहनुभएका गौतमले आफू पक्षधरको भेला गर्दै आउनुभएको थियो । नेकपालाई पुनर्जीवित गर्ने प्रयासमा रहनुभएका गौतमले एकीकरण हुने अवस्था नबनेपछि नयाँ दल गठन गर्नुभएको हो ।

    पार्टी घोषणा कार्यक्रममा बोल्दै गौतमले आफूले नेतृत्व गरेको पार्टी आज शिलान्यास मात्रै भएको भन्दै उद्घाटन गर्ने बेलासम्ममा नेपाल नै चकित हुने जिकिर गर्नुभयो । कम्युनिस्टहरूलाई एक ढिक्का बनाइछाड्ने उहाँको उद्घघोष छ ।

    कम्युनिस्टहरूले एकता वा कार्यगत एकता गर्न नसके आगामी निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउन सक्ने संयोजक गौतमको भनाइ छ ।

    आउँदो निर्वाचनमा गठबन्धनको आडमा कांग्रेस पहिलो पार्टी भए त्यसको ५ वर्षसम्म संघ र प्रदेशमा नेपाली कांग्रेसकै नेतृत्वमा संरचनाहरू रहने भन्दै उनले त्यसपछि कांग्रेसलाई दोस्रो निर्वाचनमा गठबन्धनको आवश्यकता नपर्ने उहाँको भनाइ छ ।

    आफूमाथि पदलोलुप र परिवारवादको आरोप लागेको भन्दै त्यसमा कुनै सत्यता नभएको गौतमले स्पष्टीकरण दिनुभयो । आफूले पदमा बसिरहने तीव्र आकांक्षा पुरा गर्नका लागि पार्टी खोल्न नलागेको बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij