आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ओलीकै पदचापमा देउवा

  • प्रकाशित मिति : सोमवार, असार २७, २०७९



  • काठमाडौं । सर्वोच्च अदालतमा संवैधानिक परिषद्ले गरेका निर्णयविरुद्ध परेका मुद्दा विचाराधीन रहेकै बेला सरकारले संविधान र कानुनलाई चुनौती दिँदै संघीय संसद्मा संवैधानिक परिषद्सम्बन्धी संशोधन विधेयक ल्याएको छ। देशको प्रमुख र महत्वपूर्ण संवैधानिक निकायमा नियुक्ति प्रक्रिया आफूखुसी गराउन र सजिलो पार्न शेरबहादुर देउवा नेतृत्वको सरकारले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ संसद्मा ल्याएको हो।

    विभिन्न संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्रीसहित जम्मा तीनजना सदस्यको निर्णय मान्य हुनेगरी ऐन संशोधन गर्न विधेयक ल्याइएको हो। मौजुदा ऐनमा बहुमत र अल्पमत नभई पाँचजनाको अनिवार्य सहमतिमा नियुक्तिको सिफारिस गर्न सक्ने व्यवस्था छ। संविधान र कानुनमा भएको व्यवस्थाविरुद्ध तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशलाई देउवा सरकारले विधेयकमा परिणत गर्दै राष्ट्रियसभामा दर्ता गरेको छ। तत्कालीन ओली सरकारले अध्यादेशमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग, निर्वाचन आयोग, राष्ट्रिय महिला आयोगलगायत विभिन्न संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गरेको थियो। त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएका छन्।

    तत्कालीन सरकारले ल्याएको अध्यादेश देउवा सरकारले नै खारेज गर्ने निर्णय गरेको थियो। तर खारेज गरेको अध्यादेशलाई नै निरन्तरता दिनेगरी ऐन संशोधन विधेयक संसद्मै दर्ता गरिएको हो। फरक यति हो, ओली सरकारले संसद् छलेर अध्यादेश ल्याएको थियो भने देउवा सरकारले संविधानलाई नै चुनौती दिँदै विधेयक बनाएर संसद्मा पेस गरेको हो। सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको छिनोफानो नहुँदै देउवा सरकारले अध्यादेशलाई हेरफेरै नगरी विधेयकको रूप दिएको हो।

    यो समाचार आजका नागरिक दैनिकमा प्रकाशित छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij