आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

श्वेत-गंगा हाइड्रोपावरको आईपीओ बाँडफाँड

  • प्रकाशित मिति : बुधबार, साउन १८, २०७९



  • काठमाडौँ। श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले सर्वसाधारणका लागि निष्काशन गरेको आइपिओ बाँडफाँड गरेको छ। निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको काठमाडौँ नक्सालस्थित कार्यालयमा आज बिहान ९ बजे साधारण सेयरको बाँडफाँड गरेको हो ।

    बिक्री प्रबन्धककानुसार उक्त आइपिओमा कुल १५ लाख ४३ हजार ९४५ जना आवेदकबाट कुल १ करोड ७० लाख ७२ हजार ८७० कित्ता सेयर माग भएको थियो। तीमध्ये ४ हजार ४४० आवेदकबाट माग भएको ५७ हजार ८० कित्ता सेयर बदर भएको छ।

    बाँकी आवेदकमा २ लाख २७ हजार २ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। भने ५ जना भाग्यमानीले थप १–१ सेयर पाएका छन्। यस हिसाबले यो आईपीओमा सदर आवेदकमध्ये १३ लाख १२ हजार ५०३ जनाको हात खाली भएको छ।

    कम्पनीले साउन ४ गते साउन ८ गतेसम्म कुल २३ लाख ८९ हजार ५०० कित्ता आइपिओ बिक्रीमा ल्याएको थियो। जसमा १ लाख १९ हजार ४७५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको थियो। भने, बाँकी २२ लाख ७० हजार २५ कित्तामा सर्वसाधारणको लागि निष्काशन गरेको थियो।

    यो आईपीओको अन्तिम नतिजा केही घन्टापछि आउनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट, आईपीओ बिक्री गर्ने कम्पनीको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij