आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रेशम चौधरीको क्षेत्रमा ठुला दलले कसलाई बनाउँदैछन् उम्मेदवार ?

  • प्रकाशित मिति : शनिबार, साउन २८, २०७९



  • कैलाली । आसन्न निर्वाचन अन्तर्गत प्रतिनिधिसभातर्फ कैलाली क्षेत्र नम्बर १ को अवस्थाबारे सर्वत्र चासो बढेको छ । २०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित रेशम चौधरी जेलमै रहेका कारण यो क्षेत्र जनप्रतिनिधिविहीन जस्तै रहँदै आयो ।

    आसन्न निर्वाचनमा यस क्षेत्रबाट चौधरीकै पत्नी तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रंजिता श्रेष्ठ चौधरीले उम्मेदवारी दिने चर्चा छ । त्यसैले पनि यो क्षेत्र अहिले सर्वत्र चासोको विषय बनेको छ ।

    वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन परिणाम अनुसार यो क्षेत्रमा रेशम चौधरीकै दल नागरिक उन्मुक्ति पार्टीको बलियो प्रभाव देखिन्छ । त्यसैले प्रतिनिधिसभा निर्वाचनमा चौधरीकी धर्मपत्नी रंजिता श्रेष्ठ चौधरीको उम्मेदवारी सत्तारुढ गठबन्धन तथा नेकपा एमालेका लागि पनि चुनौतीको विषय बन्न सक्छ ।

    स्थानीय तह निर्वाचनमा जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, टीकापुर नगरपालिकाको प्रमुख, जोशीपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, भजनी नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा जित हासिल गरेको नागरिक उन्मुक्ति पार्टीले कैलाली जिल्लामा जबर्जस्त उपस्थिति जनाइसकेको छ । स्थानीय तह निर्वाचनमा यो पार्टीले जितेकामध्ये अधिकांश वडा कैलालीको क्षेत्र नम्बर १ मै पर्दछन् । त्यसैले पनि प्रमुख राजनीतिक दलहरुलाई नागरिक उन्मुक्ति पार्टीले आसन्न निर्वाचनमा ठुलो चुनौती दिनसक्ने जानकारहरु बताउँछन् ।

    २०७४ सालको प्रतिनिधिसभा चुनावमा तत्कालीन राजपा पार्टीबाट उम्मेदवार बनेका रेशम चौधरीले ३४ हजार ३४१ मत ल्यायर विजयी भएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij