आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कांग्रेसले लोकतान्त्रि चरित्र गुमायो : अध्यक्ष केपी ओली

  • प्रकाशित मिति : बुधबार, भदौ १, २०७९



  • sf7df8f}F, @^ ;fpg . k|ltlglw;efsf] dªunaf/ a;]sf] a}7sdf k|d'v k|ltkIfL bnsf g]tf Pj+ k"j{ k|wfgdGqL s]kL zdf{ cf]nL dGtJo /fVb} . t:jL/ M /Tg >]i7, /f;;

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेको कांग्रेसले लोकतान्त्रिक चरित्र गुमाएको बताउनुभएको छ ।

    पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले इतिहासमा पनि पटक–पटक देशविरोधी काम गर्दै आएको कांग्रेसले पछिल्लो समय लोकतान्त्रिक आचरण र व्यवहार समेत गुमाएको आरोप आरोप लगाउनुभयो । उहाँले कांग्रेस आफ्नो नीति, आचरण, सिद्धान्त, व्यवहार सबै भुलेर माओवादी अध्यक्ष पुष्पकमल दाहालको कार्यकर्ता बनेको टिप्पणी गर्नुभयो ।

    यस्तै, अध्यक्ष ओलीले माओवादी केन्द्रलाई महान जनयुद्ध भनेर १७ हजार नेपालीलाई मारेको, हिजो अपाङ्ग भएको, अंगभंग भएकाहरु कहाँ छन् भन्दै प्रश्न गर्नुभयो । उहाँले माओवादी सबैलाई बेवास्ता गरेर चुनावको बेला झुट बोल्न सिपालु रहेको टिप्पणी गर्नुभयो ।

    अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनलाई देशद्रोहीको संज्ञा दिँदै एमालेविरुद्ध अनेकथरी तत्व जोडिएको आरोप लगाउनुभयो । उहाँले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनमा रहेका पार्टीहरूलाई पराजित गरेर एमालेको सरकार गठन गर्नुपर्ने बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij