आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आज बस्ने भनिएकाे प्रतिनिधि सभाकाे बैठक स्थगित

  • प्रकाशित मिति : आइतवार, भदौ ५, २०७९



  • काठमाडौं । प्रतिनिधि सभाको आइतबार ११ बजे बस्ने भनिएकाे बैठक स्थगित भएको छ ।

    नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप गिरीको निधन भएका कारण बैठक स्थगित भएको हो । प्रतिनिधि सभाको नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम उक्त बैठक सोमबार दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

    संसद सचिवालयले आइतबार नै शोक प्रस्ताव पारित गरेर बैठक अघि बढाउने तयारी गरेकाे थियाे । तर नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्नि सापकोटालाई नेता गिरीको अन्तिम संस्कार नभई शोक प्रस्ताव पारित गर्नु राम्रो नहुने भन्दै बैठक स्थगित गर्न सुझाव दिनुभएको हाे ।

    नेता गिरीको अन्तिम संस्कारअघि श्रद्धान्जलीका लागि पार्टी कार्यालयमा पार्थिव शरीर राख्ने र साँझसम्ममा अन्त्येष्टि हुने भएकाले बैठक स्थगित गरिएको हो । प्रतिनिधिसभाको आइतबारको बैठकमा सत्यनिरुपण तथा मेलमिलाप आयोग तथा बेत्तपा पारिएको व्यक्तिको छानविन आयोग सम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेकाे थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij