प्रकाशित मिति : शनिबार, भदौ ११, २०७९
सहरी विकासमन्त्री मेटमणि चौधरीले मंसिरमा हुने निर्वाचनपछि मुलुक नयाँ दिशातर्फ अघि बढ्ने बताएका छन्।
बुटवलस्थित रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले शनिबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले मुलुकमा संविधानको कार्यान्वयनका लागि गठबन्धन दलहरूलाई विजयी गराउनुपर्ने आवश्यकता आल्याए।
मन्त्री चौधरीले संविधान विरोधी तत्वहरूबाट देश बचाउन सबै पार्टी एकजुट हुनुपरेको उल्लेख गरे।
नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्यसमेत रहनुभएका उनले मुलुक समृद्धिको बाटोमा अघि बढिरहेका बेला फेरि गोलचक्करमा पार्ने काम भएको भन्दै त्यसलाई चिर्न गठबन्धन आवश्यक रहेको बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij