आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा

  • प्रकाशित मिति : बिहिबार, भदौ १६, २०७९



  • काठमाडौं । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र समूहले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेका छन् ।

    प्रतिनिधि सभा र प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिने उम्मेदवारहरु संगठित रुपमै मंसिर ४ को चुनावी मैदानमा आउने तयारी गर्दै बिहीबार सुमन सायमीको नेतृत्वमा लौरो अभियान घोषणा भएको हो ।

    ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच अभियानको घोषणा गर्दै साझा घोषणा पत्र, चुनाव चिन्ह र साझा उम्मेदवार घोषणा गरिएको छ । घोषणा सभामा बोल्दै लौरो अभियानका संयोजक तथा काठमाडौं क्षेत्र नम्बर ८ बाट आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका सुमन सायमीले अहिले भएका दलहरू जनता र राष्ट्र केन्द्रित नभएको बताउनुभयो ।

    उहाँले धेरै पार्टीहरू भएकै कारण देश बिग्रिएको भन्ने मानसिकता रहेको बताउनु भयो । सायमीले अहिले नेपालमा भएका सबै दलहरू एकै खालका भएको बताउनुभयो । उहाँले अहिले नेपालमा भएका ठूला दलहरु निजी कम्पनी जसरी चलिरहेको दाबी गर्नुभयो । सायमीले स्वतन्त्र उम्मेदवारी दिनेहरूलाई निर्वाचन आयोगले पनि विभेद गरेको गुनासो गर्नुभयो । उहाँले आफूहरूलाई जिताएमा देशमा परिवर्तन आउने बताउनुभयो ।

    यस्तै, कलाकार मधुसुदन पाठक (सीते बा) ले पनि काठमाडौं–५बाट प्रतिनिधि सभा सांसदको उम्मेदवार घोषणा गर्नुभयो । उहाँले आफूले १७ वर्षको उमेरदेखि काठमाडौं क्षेत्र नम्बर ५ मा व्यवसाय गर्दै आएकाले त्यहाँबाट उम्मेदवारी घोषणा गरेको बताउनुभयो । उहाँले काठमाडौं क्षेत्र नम्बर ५ को प्रतिनिधित्व गर्दै जनताका समस्या समाधानको लागि संसदमा पुग्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

    लौरो अभियानमार्फत बिहीवार ११ जनाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । प्रतिनिधि सभातर्फ ७ जना र प्रदेश सभातर्फ ४ जना गरी जम्मा ११ जनाले उम्मेदवारी घोषणा गरेका हुन् । मधुसुदन पाठक ‘सिते बा’ – काठमाडौं–५ र विद्या श्रेष्ठ महर्जनले काठमाडौं–९ बाट उम्मेदवार घोषणा गर्नुभएको छ । राजाराम तण्डुकारले ललितपुर–३, र भिष्म राना रुपन्देही–५ बाट स्वतन्त्र उम्मेदवार हुने बताएका छन् । भक्तपुर–२ बाट लोकेन्द्र र काठमाडौं–२ बाट रोहन कार्कीले उम्मेदवारी दिन लागेका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij