आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

भुवन केसीले सल्लाहकार सदस्यमा ल्याए दीपाश्री निरौलालाई, विवाद ‘थामथुम’ पार्ने प्रयास ?

  • प्रकाशित मिति : शुक्रबार, भदौ ३१, २०७९



  • काठमाडौं । गठन नभएको एक दिन नबित्दै सल्लाहकार समिति विवादमा मुछिएपछि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले महिला सदस्यमा दीपाश्री निरौलालाई नियुक्ति गरेका छन् ।

    यसको आधिकारिक घोषणा आइतबार गर्ने तयारी भएको एक बोर्ड सदस्यले जानकारी दिए । समितिमा महिला सदस्यलाई नराखिंदा समावेशी नभएको भन्दै समीक्षकहरुले प्रश्न उठाएपछि भुवनले फिल्म निर्देशक तथा अभिनेत्री निरौलालाई सदस्यमा ल्याएका हुन् ।

    बिहीबार बेलुका बसेको बोर्डको बैठकले निर्देशक नीर शाहको नेतृत्वमा आकाश अधिकारी, रविन्द्र खड्का, विधान कार्की, शोभित बस्नेत र सुशान्त श्रेष्ठ सदस्य रहेको समिति गठन गरेको थियो ।

    जब समिति गठनको कुरा बाहिर आयो तब समावेशी नभएको भन्दै फिल्मकर्मी असन्तुष्ट थिए । सल्लाहकार समितिको काम बोर्ड अध्यक्षलाई सल्लाह र परामर्श दिने हो ।

    तर समावेशी भन्दा पनि आफू निकट दल र व्यक्तिलाई नियुक्ति दिइएको भन्दै कतिपयले असन्तुष्टि पनि व्यक्त गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij