आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

देशका केही स्थानमा भारी वर्षाकाे सम्भावना

  • प्रकाशित मिति : आइतवार, अशोज २, २०७९



  • काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ ।

    आज (आइतबार) बिहान देशभर सामान्य बदली रहेकाे छ । त्यस्तै, सुदूरपश्चिम, लुम्बिनी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

    आइतबार दिउँसो भने देशभर आंशिकदेखि सामान्यतया बदली हुनेछ । त्यस्तै, देशका पहाडी भू-भाग र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ । त्यस्तै, प्रदेश-१ र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

    आइतबार राति भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली हुने भएकाे छ । साथै बाँकी भू-भागमा भने आंशिकदेखि मौसम सामान्यतया सफा रहने भएकाे छ । त्यस्तै, प्रदेश-१, बागमती प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भएकाे महाशाखाले जनाएकाे छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij