आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

वाणिज्य बैंकहरुद्वारा निक्षेप र कर्जा लगानीमा वृद्धि

  • प्रकाशित मिति : बुधबार, अशोज ५, २०७९



  • काठमाडौं । तरलता अभावकाबीच वाणिज्य बैंकहरुले निक्षेप संकलन र कर्जा लगानी दुवैमा वृद्धि गरेका छन् ।

    एक साताको अवधिमा बैंकहरुको निक्षेप ४१ अर्बले वृद्धि भएको छ । कर्जा दुई अर्बले बढेको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको भदौ २४ देखि ३१ गतेसम्मको तथ्याङ्कमा निक्षेप ४४ खर्ब ४५ अर्बबाट वृृद्धि भई ४४ खर्ब ८६ अर्ब पुगेको छ ।

    यस्तै, यसै अवधिमा ४१ खर्ब ८८ अर्ब रहेको कर्जा लगानी दुई अर्बले बृद्धि भइ ४१ खर्ब ९० अर्ब पुगेको जनाइएको हो । एक साताको अवधिमा बैकहरुको निक्षेपमा उच्च वृृद्धि देखिएपनि कर्जा व्याजदर भने निरन्तर बढ्दै गएको छ ‘क’ वर्गका वाणिज्य बैंकहरुले प्रदान गर्ने कर्जाको ब्याजदर नै १८ प्रतिशत हाराहारी पुगेको छ ।

    असोज महिनाका लागि बैंकहरुले ब्याजदर वृद्धि गरेसँगै नयाँ ऋण लिन चाहनेहरु हच्किएका छन् भने पुराना ऋणीहरू उच्च ब्याजदरको मारमा परेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij