आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तनुश्रीको दाबी-कैयौं पटक हत्या प्रयास भयो

  • प्रकाशित मिति : शुक्रबार, अशोज ७, २०७९



  • एजेन्सी। बलिउड अभिनेत्री तनुश्री दत्ता प्रायः सामाजिक सञ्जालमा चर्चाको विषय बन्छिन्। फिल्म उद्योगमा पहिचान बनाएर मूलधारबाट टाढिएकी उनी लामो समयदेखि यौन उत्पीडन मामलामा बोलेका कारण चर्चामा छिन्। उनले अहिले पुनः आफूमाथि कैयौं पटक हत्या प्रयास भएको खुलासा गरेकी छन्।उनले एक अन्तरवार्तामा यो कुराको खुलासा गरेकी हुन्। ‘म उज्जैनमा हुँदा मेरो कारको कैयौं पटक ब्रेक फेल गराइयो। जसकारण म एक भयानक कार दुर्घटनामा परेँ। त्यो दुर्घटनामा मेरो शरीरबाट धेरै रगत बग्यो र मलाई ठीक हुन निकै समय लाग्यो। मैले पिउने पानीमा पोइजन मिसाएको पाइयो’, उनले भनेकी छन्।

    उनका अनुसार घरमा काम गर्ने एक सहयोगीले आफूलाई विष सेवन गराएको दाबी गरेकी छन्। ‘मेराे एक सहयोगी थिइन्। जो मेरो घरमा काम गर्थिन्। उनी घरमा काम गर्न आएपछि म विस्तारै विस्तारै बिरामी हुन थालेँ। त्यसपछि मात्र मलाई पानीमा केही मिसाइएको अनुभव भयो’, उनले भनेकी छन्।

    तनुश्रीले दुई वर्षअघि फिल्म ‘हर्न ओके प्लीज’ को सुटिङका समयमा अभिनेता नाना पाटेकरले आफूमाथि अश्लील हरकत गरेको आरोप लगाएकी थिइन्। भारतमा ‘मीटू मुभमेन्ट’ सुरु गर्ने श्रेय तनुश्रीलाई नै जान्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij