प्रकाशित मिति : सोमवार, कार्तिक २८, २०७९
आज मिति २०७९/०७/२८ गते सोमबार तदनुसार १४ नोभेम्बर २०२२, मार्गशीर्ष कृष्ण पक्ष षष्ठी तिथि विहान २४ । ४७ बजे सम्म आजको नक्षत्र पुनर्वसु १२/३ वजे सम्म ।
कपिलदेव सुवेदी उप–प्रा. नेपालसंस्कृत विश्वविद्यालय सिद्धान्त एवं फलित ज्यौतिषाचार्य,वास्तुविद् ज्यौतिष परामर्श केन्द्र क्याम्पस चोक,प्रतिक्षालय देखि दक्षिण तर्फ बिजौरी,दाङ
मेष (चु,च,ेचो,ला,ली,लु,ले,लो,अ) आफन्तहरु संग झगडा हुनसक्छ । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँकामको थालनि नगरेको राम्रो काम विग्रनेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ ।
बृष (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो) आकस्मिक धनलाभ हुने योग छ । स्वास्थ्य राम्रो रहने छ । शत्रु पराजित हुनेछन । प्रेममा सफल हुने योगछ । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिलरुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ ।
मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा) मनसिक सन्तोष मिल्ने छ । स्वास्थ्य सम्बन्धि समस्यामा सुधार आउने छ । धन आर्जनको अवसर मिल्नेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । अनावश्यकरुपमा विवाद उत्पन्न हुन सक्नेछ । व्यवसायीहरुका लागि आजको दिन फलदायी रहेकोछ । अध्ययन राम्रो रहला ।
कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थ्य राम्रो रहनेछ । सत्कार तथा मान सम्मान प्राप्त हुने छ । पारिवारीक सुख प्राप्त हुने छ । मिष्ठान्न भोजन प्राप्त हुने छ । अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायवाट प्रसस्त आम्दानी होला ।
सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे) प्रियजन संग बिछोड, शारीरिक समस्याले मनमा चिन्ता, आफन्तहरुबाट असहयोग प्राप्त हुने छ । अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययनमा मन जानेछैन । अनावश्यक यात्राहरु हुनेछन् । व्यवसायमा घाटा होला ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) कामहरु बन्दै जानेछन । मित्रहरु संग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिनछ । आफन्तबाट प्रसस्तमात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
मनले चिताएको काममा सफलता मिल्ने योग छ,इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुराहुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सरकारी काममा सफलता मिल्नेछ । सन्तान तथा परिवारबाट पूर्ण सहयोग प्राप्त हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछ । पेटमा देखिएकोवायुविकार जन्य समस्या ठीक हुनेछ । पठनपाठमा मन जानेछ ।
धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
पेटजन्य रोगका कारण स्वास्थ्य खराव हुन सक्ने छ । मनमा चिन्ता बढने छ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन ।आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ ।
मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी) आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुने छ । परिवार तथा इष्टमित्र हरुबाट पूर्ण सहयोग मिल्ने छ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दिन रहेको छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
आकस्मिक धनप्राप्तिको योग छ । यश प्राप्तहुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । मनले चिताएको काम पुरा हुनेछ । प्रेममा सफल हुने दिनछ । विपरीत लिङ्गका साथीबाट पूर्ण सहयोग मिल्नेछ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहेकाछन् ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मेहनतसाथ गरेको काम सफल हुनेछ । यात्रा अर्थपूर्ण र सुखद होला । मन प्रसन्न रहनेछ । धन तथा सामान प्राप्त हुने दिन रहेको छ । व्यापार व्यवसायबाट मनज्ञ आम्दानीहुने छ । विद्यार्थीहरुका लागि आजको दिन पूर्ण फलदायी हुने छ । मनोरञ्जनमा दिन व्यतित हुनेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij