आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कांग्रेसलाई ओनसरीले भनिन्–मलाई काठमाडौंमा जिताउनुस्, हामी रोल्पामा जिताउँदैछौं

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक २९, २०७९



  • पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले ४ मंसिरको निर्वाचनमा माओवादी, काँग्रेस र एकीकृत समाजवादी एक अर्काप्रति इमानदार रूपमा प्रस्तुत हुने बताएकी छन् । सत्तारुढ गठबन्धनले काठमाण्डौंको ऐतिहासिक सहर साँखुमा सोमबार गरेको चुनावी सभालाई सम्बोधन गर्दै घर्तीले गठबन्धनमा आबद्ध काँग्रेस, माओवादी र एकीकृत समाजवादीको मत एकअर्को दलका उम्मेदवारलाई सहजै ‘ट्रान्सफर’ हुने वातावरण बनेको बताइन् ।

    ४ मंसिरको निर्वाचनलाई सामान्य आवधिक चुनावका रूपमा मात्र लिन नहुने चर्चा गर्दै उनले लोकतन्त्र, व्यवस्था, संविधान र जनताको जित या हारका रूपमा लिनुपर्ने उनको भनाइ थियो । घर्तीले आफूलाई माओवादीको मात्र नभई गठबन्धनको उम्मेदवारका रूपमा हेर्न भन्दै माओवादी मतदाता र जनताले अन्यत्र कांग्रेस र समाजवादीका उम्मेदवारलाई पनि आफ्नै ठानेर मत दिने उल्लेख गरिन् । काँग्रेस, माओवादी र एकीकृत समाजवादी मिलेर काठमाण्डौं–२ बाट संघमा आफू विजयी हुँदै गरेको भन्दै उनले रोल्पाको प्रदेश (ख)मा माओवादी मतले काँग्रेस उम्मेदवार विजयी हुँदै गरेको बताइन् । घर्तीको गृहिजल्ला रोल्पाको प्रदेश (ख) मा कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन गठबन्धनका साझा उम्मेदवार छन् ।

    ‘काँग्रेस, माओवादी र एकीकृत समाजवादी मिलेर यहाँबाट संघमा म विजयी हुँदै गर्दा उनले रोल्पाको प्रदेश (ख) मा काँग्रेसका उम्मेदवार विजयी हुँदैछन्’, उनले भनिन्, ‘तपाईँहरू हँसिया हथौडामा भोट दिएर मलाई यहाँ जिताउँदै हुनुहुन्छ, रोल्पामा हामी रुखमा भोट दिएर काँग्रेसका उम्मेदवार जिताउँदैछौं । कतै कलम र कतै ग्लासको जित गराउँदैछौं ।’ गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सात दल र तत्कालीन विद्रोही आफ्नो दल मिलेर मुलुकबाट राजतन्त्र अन्त्य गरेको स्मरण गरिन् । कांग्रेस र कम्युनिस्ट मिलेर व्यवस्था परिवर्तन गरेको भन्दै उनले अवस्था परिवर्तन गर्न गिरिजाप्रसादले भन्ने गरेको जस्तै प्रमुख दलबीच सहमति, सहकार्य र एकताको सूत्रलाई आत्मसात गरेर अघि बढ्नुपर्ने बताइन् । गिरिजाप्रसादकै शैलीमा उनले तीनपटक कार्यक्रममा जय नेपाल उच्चारण गरिन् ।

    उनले सत्ता गठबन्धन लोकतन्त्र र संविधानमाथिको प्रहार रोकेर राजनीतिक स्थायित्व, विकास र मुलुकको सम्बृद्धिका लागि बनेको दाबी गरिन् । गठबन्धनका दलबीच नीति र सिद्धान्तमा केही भिन्नता भए पनि मुलुकको विकास सबैको साझा उद्देश्य भएको उल्लेख गरिन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij