प्रकाशित मिति : मङ्लबार, पुस २६, २०७९
काठमाडौं। सरकारले पृथ्वीनारायण शाहको जन्म जयन्तीमा पुस २७ गते बिदा दिने निर्णय गरेको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
सरकारले न्युनतम साझा कार्यक्रममा नै पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने र सो दिन सार्वजनिक विदा दिने सहमति भएपछि राप्रपा वर्तमान सरकारमा सहभागी हुने भएको हो।
उपप्रधानमन्त्रीसहित अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा सहाभागी हुने राप्रपाले लिने मन्त्रालयका विषयमा भने टुंगो लागेको छैन।प्रधानमन्त्री प्रचण्डले भने विश्वासको मत दिएपछि मात्रै मन्त्रिपरिषदलाई पूर्णता लिने बताएका छन्। प्रधानमन्त्री प्रचण्डले आगामी मंगलबार विश्वासको मत लिँदैछन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij