प्रकाशित मिति : बिहिबार, माघ २६, २०७९
काठमाडौं । सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक बस्दैछ।
बुधवार अध्यक्ष ओलीको वालकोटस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओली बीच भएको भेटवार्ता पछि आज संयन्त्रको बैठक बस्न लागेको हो। सो भेटपछि प्रधानमन्त्री प्रचण्डले सो बैठक पछि संयन्त्रको बैठक बसाउन दुवै नेता बिच सहमति भएको जानकारी दिएका थिए।
दुई महिना नपुग्दै रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रचण्ड सरकारवाट बाहिरिएको स्थिति र माओवादी केन्द्रले ‘सहमतीय राष्ट्रपति’को अडान लिए पछि सत्तारुढ दलमा खटपटी सुरु भएको अवस्थामा यो बैठक बस्न लागेको हो।
बैठकमा मुख्यत: प्रचण्ड सरकारको पुर्णता, राष्ट्रपतिको निर्वाचनलगायतको बिषयमा छलफल हुनेछ।
प्रधानमन्त्री निवास वालुवाटारमा हुने संयन्त्रको बैठकमा एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत सत्ता साझेदारका प्रतिनिधि नेताहरुको उपस्थिति रहनेछ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij