आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

बरिष्ट सौन्दर्यबिद रेनु राना मगर द्वारा मुनाज ब्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टरको उद्घाटन

  • प्रकाशित मिति : आइतवार, फाल्गुन ७, २०७९



  • बिनिता शर्मा,काठमाडौँ । सौन्दर्यकर्मी मुना लिम्बुद्वारा ललितपुरको नक्खु चोकमा संचालनमा ल्याईएको मुनाज ब्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टरको उद्घाटन प्रमुख अतिथि बरिष्ट सौन्दर्यबिद तथा समाजसेवी रेनु राना मगरद्वारा रिवन तथा केक काटि सम्पन्न भएको छ । उक्त अबसरमा सौन्दर्यकर्मीहरु, संचारकर्मी तथा स्थानिय व्यक्तित्वहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

    युवा ब्यबसायी सौन्दर्यकर्मी मुना लिम्बुद्वारा सञ्चालित मुनाज ब्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टर उक्त क्षेत्रको अत्याधुनिक प्रबिधि मार्फत सौन्दर्य सम्बन्धि सम्पूर्ण सुबिधा सम्पन्न ब्युटी पार्लर हो। बिगत ६ बर्ष देखि सौन्दर्य पेशामा रहेर सौन्दर्य क्षेत्रमा बटुलेको आफ्नो अनुभबलाइ आफ्नै देशमा केहि गरौ भन्ने उदेश्यका साथ संचालन गरिएको मुनाज ब्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टरमा अनुभबी दक्ष सौन्दर्यकर्मी मार्फत महिलाहरुलाइ सौन्दर्य सेवा सुबिधा प्रदान गरिन्छ भने महिलाहरुलाइ चाहिने सौन्दर्य सामग्री समेत बिक्रि वितरण हुने कुरा सौन्दर्यकर्मी मुना लिम्बुले बताइन। मुनाज ब्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टरमा ब्युटिसियन बन्न चाहने, शिप सिक्न चाहनेहरुको लागि ट्रेनिङको समेत ब्यबस्था गरिएको कुरा मुना बताउछिन।

    प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरकि अध्यक्ष तथा प्रमुख अतिथि बरिष्ठ सौन्दर्यबिद रेनु राना मगरले पार्लरको रिबन काट्दै आफ्ना बिध्यार्थीहरुले शिप सिकेर आत्मानिर्भर भएकोमा खुशी ब्यक्त गर्दै मुनाज ब्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टरले सौन्दर्य क्षेत्रमा नयाँ आयाम थप्ने कुरा बताइन । यसैगरी स्वदेशमा नै व्यवसाय गरि रोजगारीको सिर्जना गर्दै आर्थिक रुपमा समेत सवल महिलाको रुपमा स्थापित भएकोमा सौन्दर्यकर्मी मुना लिम्बुलाइ व्यवसायिक सफलताको शुभकामना ब्यक्त गरिन।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij