प्रकाशित मिति : सोमवार, बैशाख ११, २०८०
बारा। हिजो हुन नसकेको बारा–२ को मतगणनाका लागि अहिले सर्वदलीय बैठक सुरु भएको छ। हावाहुरी बतासका कारण हिजो बैठक हुन सकेको थिएन। हिजो हुन नसकेको बैठक आज सुरु भएको हो।
जारी सर्वदलीय बैठकमा सहमति कायम गरेर एकछिनमा मतगणना सुरु गर्ने तयारी भएकाो छ। मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार सर्वदलीय बैठक सकिएलगत्तै मत गणना सुरु हुनेछ।
बारा–२ मा नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनता समाजवादी पार्टी नेपालका उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल मुख्य प्रतिस्पर्धी मानिएका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij