आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रास्वपा बैठक आज बस्दै

  • प्रकाशित मिति : शुक्रबार, बैशाख २२, २०८०



  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक शुक्रबार बस्दैछ ।

    शुक्रबार साँझ ५ बजे बस्ने बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिने विषयमा निर्णय हुने बताइएको छ ।

    गत सोमबार बसेको बैठकले सरकारमा जाने वा समर्थन लिने भन्ने विषयमा छलफल गर्न शुक्रबार बैठक राख्ने निर्णय गरेको थियो ।

    रास्वपाभित्र सरकार जाने वा समर्थन फिर्ता लिने भन्ने विषयमा दुई मत रहेको बुझिएको छ । सभापति रवि लामिछाने पहिलेकै मन्त्रालय पाए सरकारमा जाने पक्षमा रहेको बुझिएको छ । तर, बहुमत सदस्यहरु यति बेला सरकारमा जानुको औचित्य नहुने पक्षमा रहेका छन् ।

    गत सोमबारको बैठक अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका सभापति लामिछानेले यो बीचमा एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ ।

    प्रधानमन्त्री प्रचण्ड रास्वपालाई सरकारमा लगेर नयाँ सत्ता गठबन्धन बन्न नदिने रणनीतिमा हुनुहुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij