प्रकाशित मिति : मङ्लबार, जेष्ठ ९, २०८०
काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई हेडमास्टरको मात्रै संज्ञा दिएर नपुग्ने बताउनु भएको छ ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिदै उहाँले यस्तो बताउनु भएको हो ।
सत्तापक्षका सांसदहरूले प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई दिएको ’हेडमास्टर’ को संज्ञा नपुगेको भन्दै बाँस्कोटाले एमाले अध्यक्ष ओली विशिष्ट प्रतिभाको धनी भएको उल्लेख गर्नुभयो । सोमबार प्रतिनिधि सभाको बैठकमा नीति कार्यक्रममाथिको छलफलमा बोल्दै सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विपक्षी दलका नेता ओलीले नीति तथा कार्यक्रम बारे बोल्दा हेडमास्टरी शैलीमा पढाएको बताउनु भएको थियो ।
मंगलबार त्यसको जवाफ दिदै बास्कोटाले ओलीलाई हेडमास्टरको उपाधिले मात्रै नपुग्ने भन्दै भन्नुभयो– केपी ओली यो विश्वविद्यालयको भीसी हो, प्रोफेसर, डाक्टर हो‚ इन्जिनियर हो, आर्किटेक्ट हो सबै हो,’ ’तपाईंहरूले कम्तीमा सिक्न पाउनुभयो, बधाई छ ।’ बास्कोटाले सरकारले ल्याएको नीति तथा कार्यक्रम अमूर्त रहेको बताउनु बताउनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij