आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अमेरिकामा अर्को वर्ष हुने राष्ट्रपति निर्वाचनको लागि उम्मेदवारी घोषणा सुरु

  • प्रकाशित मिति : बुधबार, जेष्ठ १०, २०८०



  • एजेन्सी । अमेरिकामा अर्को वर्ष हुने राष्ट्रपति निर्वाचनको लागि रिपब्लीकन पार्टीबाट उम्मेदवारी घोषणा गर्नेहरु बढ्न थालेका छन् ।

    पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिँदै फ्लोरिडाका गभर्नर रोन डिस्यान्टीसले बुधबार उम्मेदवारी घोषणा गर्ने भएका हुन् ।

    डिस्यान्टीसले स्थानिय समय अनुसार बुधवार साँझ ट्वीटरमार्फत उम्मेदवारी घोषणा गर्नेछन् । ट्वीटरका सीईओ एलन मस्कसँग अनलाइन उपस्थितिमा डिस्यान्टीसले आफ्नो दावेदारी प्रस्तुत गर्दैछन् ।

    ४४ वर्षीय डिस्यान्टीसलाई रिपब्लिकन पार्टीको मनोनयनका लागि पूर्व राष्ट्रपति ट्रम्पका प्रमुख प्रतिद्वन्द्वीका रूपमा हेरिन्छ । रिपब्लीकन पार्टीको राष्ट्रिय जनमतमा ट्रम्प आफ्ना अन्य प्रतिस्पर्धीहरुभन्दा ३० अंकले अगाडि छन् ।

    रिपब्लिकन मतदाताहरूले आगामि फेब्रुअरीमा सुरु हुने प्राथमिक चुनावमार्फत आफ्नो पार्टीबाट राष्ट्रपतिको आधिकारिक उम्मेदवार छान्नेछन् । डेमोक्रेटिक पार्टीबाट भने वर्तमान राष्ट्रपति जो बाइडेन नैं उम्मेदवार बन्ने बताईएको छ ।

    अमेरिकामा नोभेम्वर २०२४ मा राष्ट्रपति पदको निर्वाचन हुँदैछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij