प्रकाशित मिति : मङ्लबार, जेष्ठ १६, २०८०
काठमाडौं । नेपालको स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्नका लागि र विश्व स्वास्थ्य संगठनको मान्यताअनुसार कुल बजेटको १० प्रतिशत स्वास्थ्यका लागि मात्र बजेट हुनुपर्छ।
तर, सरकारले सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि पेस गरेको बजेटमा ४.८ प्रतिशत मात्र विनियोजन गरेको छ।
सरकारले स्वास्थ्यतर्फ ८३ अर्ब ९९ करोड बजेट छुट्याएकामा कुल बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रहेको छ। बजेट चालु आर्थिक वर्षको भन्दा पनि कम हो।
चालु आर्थिक वर्षमा कुल बजेटको ५. ७५ प्रतिशत स्वास्थ्यका लागि छुट्याएको थियो भने गत आर्थिक वर्ष २०७७ /७८ का लागि कुल बजेटको ७.४५ प्रतिशत छुट्याएको थियो।
आर्थिक वर्ष २०७९/८० का लागि स्वास्थ्य क्षेत्रमा १ खर्ब ३ अर्ब १८ करोड बजेट विनियोजन गरेको थियो। यो हिसाबले चालु आर्थिक वर्ष को भन्दा करिब १ प्रतिशत कम हो।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij