आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हवाई ईन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाउनुपर्छ : सांसद सुवाल

  • प्रकाशित मिति : आइतवार, असार १७, २०८०



  • काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रेम सुवालले हवाई ईन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाउनुपर्ने बताउनुभएको छ ।

    आइतबार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक २०८० माथिको छलफलमा बोल्दै प्रतिनिधि सभा सदस्य सुवालले हवाई ईन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाउनुपर्ने बताउनुभएको हो । उहाँले सार्वजनिक यातायातमा भने पूर्वाधार विकास कर लगाउनु नहुने बताउनुभयो ।

    सांसद सुवालले रु. ३०० सम्मको सिमकार्ड रिचार्जमा २ प्रतिशत शुल्क नलाग्ने गर्नुपर्ने बताउनुभयो । त्यस्तै, निजी दूरसञ्चार प्रदायक राज्यको स्वामित्वमा ल्याउनुपर्ने पनि बताउनुभयो ।

    उहाँले बिदेशबाट ल्याउने चामलमा कर नलाग्ने भएकाले चिनीलाई चामल भनेर कर छली गरी भित्राइरहेको बताउनुभयो ।

    त्यस्तै, छलफलमा बोल्दै प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले आर्थिक वर्ष २०८०/८१ को बजेट गरिबको लागि नबनेको बताउनुभयो । उहाँले खानेकुरामा समेत कर लगाइएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

    उहाँले अर्थ विधेयकमा गरिब मान्छेका लागि केही नभएको बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij