प्रकाशित मिति : शुक्रबार, असार २२, २०८०
काठमाडौं । संघीय संसद अन्तर्गत शुक्रबार प्रतिनिधिसभा र राष्ट्रिय सभा दुबै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक शुक्रबार दिउँसो ३ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक मध्यान्ह साढे १२ बजे बस्नेछ ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ ।
यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० पेस गर्नु हुनेछ भने राष्ट्रियसभामा उत्पत्ति भएको ‘मलुकी संहिता सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेस गर्नु हुनेछ ।
त्यस्तै, राष्ट्रिय सभामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकहरुमाथि छलफल हुनेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij