आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बहुमत पुग्ने अवस्था आए संसदीय दलको नेता बदल्ने गगन थापाको भनाई

  • प्रकाशित मिति : शनिबार, असार ३०, २०८०



  • sf7df8f}F, @* kmfu'g M dxfdGqL yfkf k|ltlglw;efsf ;f+;b tyf g]kfnL sf+u|];sf dxfdGqL uugs'df/ yfkf cgfdgu/df cfOtaf/ g]kfn cfly{s kqsf/ ;dfh - ;]hg_ n] cfof]hgf u/]sf] …jt{dfg ;/sf/sf] casf] cfly{s k|fyldstfÚ ljifos cGt/lqmof sfo{qmddf dGtJo /fVg'x'Fb} . tl:a/ M xl//fd e]6'jfn÷/f;;

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बहुमत पुग्ने अवस्था आए संसदीय दलको नेता बदल्ने प्रयासमा लाग्ने बताउनुभएको छ ।

    विराटनगरमा सञ्चारकमीहरुसँग कुरा गर्दै महामन्त्री थापाले यसअघि नै दलको नेतामा प्रतिस्पर्धा गरेको व्यक्तिले संख्या पुगेको दिन पुनः प्रयास गर्नु स्वभाविकै भएको बताउनुभयो ।

    महामन्त्री थापाले कांग्रेस संसदीय दलको विधानमै नेता परिवर्तन गर्ने ठाउँ रहेको स्मरण गराउँदै संख्या पुगेको खण्डमा परिवर्तन गर्ने जिकिर गर्नुभयो । गिरिजाप्रसाद कोइराला दलको नेता हुँदा हालका दलका नेता शेरबहादुर देउवाले नै संख्या पुर्‍याएर नेता बनेको बताउँदै उहाँले यो सुविधा रहेको तर्क गर्नुभयो ।

    साथै उहाँले अब पार्टी केन्द्रीय समिति बैठक नसर्ने दाबीसमेत गरे असारको अन्तिम सातादेखि सुरु गर्ने भनिएको बैठक सांसदहरूको व्यस्थताका कारण सरेको भन्दै साउन २ गतेदेखि सुरु हुने बताउनुभयो । यो बैठकमा पार्टीमा कार्ययोजना र कार्यतालिका प्रस्तुत हुने र खासगरी नीति महाधिवेशनको मिति तय हुने उहाँको भनाइ छ ।

    उक्त नीति अधिवेशनबाट चुनावअघि गठबन्धन गर्ने प्रचलनको पनि ब्रेक गरिने उहाँले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij