शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

‘जग्गा बेचेर श्रीमती निकालें’

  • प्रकाशित मिति : बुधबार, साउन ३१, २०८०



  • घोराही । ‘मलाई मेरो बड्डाले नेपाल नल्याएको भए म त मर्थें’– रोल्पा त्रिवेणी–४ की चन्द्रकला परियारले विदेशबाट फर्किएर घोराहीमा परिवार भेट्दै भन्नुभयो– ‘मेरो मोबाइल लुकाइदियो, कतै सम्पर्क हुन दिएन, तर बाँचेर आएँ ।’

    अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले शनिबार घोराहीमा निर्मला पुनको परिवारसँग मिलन कार्यक्रम राखेको थियो । परियार दम्पती पनि आफ्ना पीडा सुनाउन आउनुभएको थियो । ‘मैले भेट्दा आफै उभिन सक्ने स्थिति थिएन’– चन्द्रकलाका श्रीमान अर्जुनले भन्नुभयो– ‘मैले श्रीमतीलाई भनेको थिइनँ । विरामीलाई झन बाधा होला भन्ने लाग्यो । खासमा घरवारी बेचेर निकालें । घर जग्गा नबेचेको भए सफल हुने थिइनँ । दलाललाई कारवाही होस् ।’ उहाँले कमाउन कुवेत पठाएकी श्रीमती फिर्ता ल्याउँदाको कहानी सहभागीलाई सुनाउनुभयो ।

    कमाउनका लागि कुवेत पुगेकी चन्द्रकला एक दुई महिनामै विरामी पर्नुभयो । जिउ सुन्निएर हिड्न नसक्ने र खान बस्न नमिल्ने भयो । दलाललाई फिर्ता ल्याइदे भनें । तीन लाख माग्यो । बार्गेनिङ गर्दा गर्दा दुई लाखमा कुरा मिल्यो । त्यही रकम जुटाउँदा रोल्पाको घर जग्गा बेच्नुपयो र श्रीमती ल्याउन सकियो । ‘आर्थिक अवस्था राम्रो भए म श्रीमती पठाउने थिएन’– अर्जुनले भन्नुभयो– ‘जति विरामी हुँदा पनि हेर्दो रहेनछन् ।’ उहाँका अनुसार औषधिमुलो, खानपिन कसैलाई केही वास्ता नहुने रहेछ । त्यहाँ अरु महिलाहरुले पनि अनेक यातना भोगिरहेका छन् । त्यसैमध्येको निर्मला पनि हुनुहुन्छ । उहाँलाई त्यहाँ बस्ने जनसम्पर्क मञ्च कुवेतका राजेन्द्र रसाइलीलगायत नेपालीहरु र अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले उद्धार गरी नेपाल पठाएको हो ।

    कार्यक्रममा समाजको तर्फबाट अध्यक्ष डिलाराम वलीले दुई हजार रुपैयाँ भाडा दिनुभयो । पीडित दम्पतीले दलालबाट दुईलाख फिर्ता ल्याइदिन आग्रह गरे । त्यति गरे आफुहरुको बस्ने बास फर्किने उहाँहरुको भनाइ थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij