शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

दैनिक कम्तीमा चार हजार पाइला हिँड्नुस्

  • प्रकाशित मिति : बुधबार, साउन ३१, २०८०



  • नयाँ अध्ययनले पाँच हजार पाइलाभन्दा कम हिँड्दा पनि धेरै फाइदा हुने निष्कर्ष निकालेको छ । यसअघिका अध्ययनले कम्तीमा दैनिक १० हजार पाइला हिँड्नुपर्ने सुझाव दिँदै आएका थिए ।

    पोल्यान्डको मेडिकल युनिभर्सिटी अफ लोड्ज र अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले गरेको यस अध्ययनका क्रममा विश्वका दुई लाख २६ हजार मानिसमा सर्वेक्षण गरिएको थियो ।

    अध्ययनअनुसार चार हजार पाइला हिँड्दा अल्यापुमै रोगी भएर मृत्यु हुने जोखिम घट्छ । दुई हजार तीन सय पाइला हिँड्दा हृदय र रक्तनलीमा फाइदा पुग्छ । ‘जति धेरै हिँडियो, त्यति धेरै स्वास्थ्य फाइदा हुन्छन्,’ अनुसन्धानकर्ताले भनेका छन् । सबै उमेर र लिंगका मानिस हिँड्दा लाभान्वित हुन्छन् ।

    सबैभन्दा ठूलो फाइदा ६० पुग्न बाँकी रहेका मानिसमा देखिने लोड्ज विश्वविद्यालयका प्रोफेसर मासिइज बानाचले बताए । खानपान र व्यायाममा ध्यान दिँदा कार्डियोभास्कुलर जोखिम कम गरेर आयु लामो हुने उनले बताए । विश्व स्वास्थ्य संगठनका अनुसार पर्याप्त शारीरिक गतिविधिको कमीका कारण प्रत्येक वर्ष ३२ लाख मानिसले ज्यान गुमाउने गरेका छन् ।

    बिहान हिँड्नु उत्तम
    मानिसले आफ्नो समय तालिका मिलाएर साँझ–बिहान हिँड्दा हुन्छ । तर, साँझको तुलनामा बिहान हिँड्नु धेरै फाइदाजनक हुने चिकित्सकहरू बताउँछन् । भारतका चर्चित कार्डियोलोजिस्ट डा. विमल चार्जर भन्छन्, ‘पहिलो कुरो, तपाईंको रगतमा कोलेस्ट्रोल र ट्राइग्लिसेराइड दुवै कम हुन्छ । कोलेस्ट्रोलले ब्लकेजको काम गर्छ र मुटुसम्बन्धी समस्या निम्त्याउँछ । वाकिङ गर्दा तपाईंको शरीरमा फ्याट कम हुन्छ र कोलेस्ट्रोल र ट्राइग्लिसेराइडसम्बन्धी समस्या कम भएर जान्छ ।’

    उनी थप्छन्, ‘सुगर कन्ट्रोल हुन्छ । क्यालोरी कट हुन्छ, नर्मल मानिसले एक मिनेटमा बसिरहँदा एक क्यालोरी, सवा क्यालोरी खर्च गर्छ । तर, यदि उसले वाक ग¥यो भने तीन क्यालोरीदेखि ५–६ क्यालोरी खर्च गर्छ । नेचुरल्ली क्यालोरी घट्दै जान्छ र तपाईंको तौल घट्दै जान्छ । स्ट्रेस कम हुन्छ । हाड–जोर्नी र स्पाइनको समस्यामा पनि फाइदा मिल्छ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij