आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

माओवादी संसद विरोधी पार्टी हो, कांग्रेस पुच्छर बनेको छ : सांसद सिंह

  • प्रकाशित मिति : बिहिबार, साउन ३२, २०८०



  • काठमाडौं । प्रतिनिधि सभा सांसद अमरेशकुमार सिंहले सरकार जनताप्रति उत्तरदायी नबन्नका लागि समिति नेतृत्व चयन नगरेको आरोप लगाउनुभएको छ ।

    बिहीबार सिंहदरबारमा सञ्चराकर्मीहरुसँग कुरा गर्दै सांसद सिंहले यस्तो बताउनुभएको हो । उहाँले सरकारले समिति सभापति चयन गर्न नै नचाहेको आरोप लगाउनुभयो । उहाँले ८ महिना भइसक्दा समेत समितिले नेतृत्व पाउन नसक्नुले सरकार नताप्रति उत्तरदायी नभएको पुष्टि हुने बताउनुभयो ।

    सांसद सिंहले सत्ता पक्ष र विपक्षको लडाईंका कारण लोकतन्त्र रहन्छ की रहँदैन भन्ने शंका उब्जिएको बताउनुभयो । सांसद सिंहले अहिले सत्तापक्ष र प्रमुख प्रतिपक्ष मिलेर संसदलाई बन्धक बनाएको आरोप लगाउनुभयो । अहिले सरकारमा पनि कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्षमा पनि कम्युनिष्ट पार्टी भएको भन्दै कम्युनिष्टहरुले संसदीय व्यवस्थामा विश्वास नगर्ने बताउनुभयो ।

    सांसद सिंहले कांग्रेस अहिले कम्युनिष्टहरुको पुच्छर भएको टिप्पणी गर्नुभयो । उहाँले नेकपा (माओवादी केन्द्र) शुरुदेखि नै संसद बिरोधी पार्टी भएको र स्वार्थका लागि सत्ताको प्रयोग गरिरहेको पुष्टि भइरहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘सरकारले समिति सभापति चयन गर्न नै चाहेको छैन, खासकुरा त्यो हो । ८ महिना भइसक्दा समेत समितिले नेतृत्व पाउन सकेको छैन । समिति गठन नभएपछि सरकारलाई गाह्रो हुन्छ, सरकार जनताप्रति उत्तरदायी नबन्नका लागि समिति चयन हुन दिइरहेको छैन । सत्ता पक्ष र विपक्षको लडाईंका कारण लोकतन्त्र रहन्छ की रहँदैन भन्ने शंका छ । अहिले संसद चल्न नसक्नु भनेको दुवै पक्ष मिलेका छन्, तँ कुटेजस्तै गर् म रोएजस्तै गर्छु झैँ गरेर सत्ता पक्ष र प्रतिपक्षले संसदलाई बन्धक बनाएका छन् । किनभने उहाँहरुलाई संसदीय व्यवस्थामा विश्वास नै छैन । अहिले सत्ता पक्ष पनि कम्युनिष्ट हो, प्रमुख प्रतिपक्ष पनि कम्युनिष्ट हो, काँग्रेस त पुच्छर हो त्यहाँ । माओवादी शुरुदेखि संसद बिरोधी पार्टी हो । कुनैपनि कम्युनिष्टमा संसदीय व्यवस्थामा हुँदैन । कम्युनिष्ट प्रणालीमा संसद हुँदैन ।’

    सांसद सिंहले कम्युनिष्टहरुलाई संसदीय व्यवस्थामा विश्वास नै नरहेको जिकिर गर्नुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij