आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

माओवादी अभियान : अध्यक्ष दाहाल सुलिकोट-८ मा सहभागी हुने

  • प्रकाशित मिति : सोमवार, भदौ ४, २०८०



  • काठमाडौं । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समितिले पार्टीले सञ्चालन गर्ने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ का लागि नेताहरूको जिम्मेवारी तोकेको छ ।

    पोखरामा यही भदौ २ गते बसेको प्रदेश समितिको सातौँ पूर्ण बैठकले अभियानको कार्ययोजना तथा जिम्मेवारी निश्चित गरेको हो । आगामी भदौ १६ गतेदेखि माओवादीले सञ्चालन गर्ने तीन महिने अभियानका लागि पार्टीका केन्द्रीय सदस्यलाई जिल्ला र पालिकाको जिम्मेवारी दिइएको छ ।

    प्रदेश समितिको बैठकले प्रदेशका ११ जिल्लाका ८५ पालिकाका सात सय ७९ वडासम्म नेतालाई खटाएको हो । त्यसैगरी प्रदेश कमिटीका सदस्यलाई वडाहरू जिम्मेवारी तोकिएको छ । अभियानमा सात प्रदेशका सात वटा वडामा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल विशेष जिम्मेवारीसहित सहभागी हुने यसअघि नै घोषणा गरिएको थियो ।

    माओवादीका अनुसार गण्डकी प्रदेशमा प्रधानमन्त्री दाहाल गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ को अभियानमा सहभागी हुने कार्यकालिका छ । सो वडा जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको वडा हो । माओवादीका अनुसार सो वडामा प्रधानमन्त्री दाहाले अभियानको कामको समन्वय र सहभागी हुनुहुने छ ।

    प्रदेश समिति बैठकका निर्णयहरू सार्वजनिक गर्न आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले ‘घर घरमा माओवादी, जनजनमा माओवादी’ को नारासँगै तीन महिने अभियान सञ्चालन हुने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘पार्टी पुनःनिर्माणको सङ्कल्प गरेर जनतामा जाने निर्णय गरेका छौँ । अभियानका क्रममा हामी प्रदेशका सबै वडा वडामा जान्छौँ । केन्द्रीय समितिका सदस्यहरू पालिकामा, प्रदेशका वडामा जाने र अभियानको नेतृत्व गर्ने गरी जिम्मेवारी तोकेका छौँ ।’ नेता पौडेलले सुन काण्डको छानबिन चलिरहेको समयमा सदन रोकिनु शोभनीय र सान्दर्भिक नभएको बताउनुभयो । सिआइबीले हाल गरिरहेको अनुसन्धान सकिएर उसले अदालतमा पेश गरेपछि मिलेन भने उच्चस्तरीय छानबिन समितिको माग गर्न सकिने उहाँले उल्लेख गर्नुभयो ।

    पौडेलले भन्नुभयो, ‘राज्यका स्थापित निकायहरूले निष्पक्ष भएर छानबिन गरिरहेका छन् । सिआइबीले काम सुरु गरेको दिनदेखि मिति गनेर ३५ दिनभित्र कोर्टमा पेश गर्नु पर्दछ । कोर्टमा पेश गरेपछि मिलेन भने उच्चस्तरीय समिति छानबिन समितिको माग गर्न सकिन्छ तर उसले कार्यसम्पादन गर्दा गर्दै बीचमै रोकियो भने अनुसन्धानमा बाधा पुग्छ । अहिले यस प्रकरणलाई लिएर संसद् अवरुद्ध गर्नु जायज छैन ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij