शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सुदूरपश्चिममा आज गौरा पर्व मनाइँदै

  • प्रकाशित मिति : बिहिबार, भदौ ७, २०८०



  • काठमाडौं । सुदूरपश्चिममा बिहीबार उज्याली गौरा पर्व मनाइँदै छ ।

    भाद्र महिनामा मनाइने यो पर्व यो वर्ष भाद्र शुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले श्रावण शुक्ल अष्टमी पारेर मनाउन लागिएको हो ।

    शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । त्यसैले यो वर्षको गौरा पर्वलाई उज्याली भनिएको हो ।

    कन्या राशिमा सूर्य गएपछि अर्थात् असोज महिना लागेपछि पनि गौरा मनाउन नहुने मान्यता रहेको छ । सूर्य सिंह राशिमा रहेकै बेला गौरा मनाउनुपर्ने शास्त्रीय ब्याख्या रहेको छ । गौरा पर्वलाई सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रमा ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरिन्छ ।

    सत्य युगमा हिमालय पुत्री पार्वतीले ‘महादेव बर पाऊँ’ भनी भाद्र महिनामा तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा गौरा पर्व मनाउने गरिन्छ । गौरा पूजाका लागि कुश, काँस, सामा, तितेपाती र अपामार्ग अथवा तिलको बिरुवा राखेर देवीको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देवीलाई भाद्र कृष्ण अष्टमीका दिन निराहार बसी पूजा गर्ने परम्परा रहेको छ ।

    यो पर्वका लागि श्रावण शुक्ल पञ्चमीका दिन केराउ, जौ, मस्याङ, मास र गुराँसको गेडा भिजाएर राखिन्छ भने अष्टमीमा भगवतीको पूजा गरेर प्रसादका रुपमा बिरुडा चढाउने गरिन्छ । यो पर्व अन्य क्षेत्रको तीज ब्रतसँग मिल्दोजुल्दो रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij