प्रकाशित मिति : सोमवार, भदौ ११, २०८०
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही भाद्र १३ गते धनगढी जाने भएका छन्। धनगढीमा चार दल सम्मिलित समाजवादी मोर्चाको प्रदेश स्तरीय सन्देश सभामा सहभागी हुन धनगढी जाने भएका हुन्।
सभालाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाल, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जनता समाजवादी पार्टीका नेता अशोक श्रेष्ठसमेत जाने कार्यक्रम रहेको स्रोतले जानकारी दिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij