आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

परराष्ट्र नीति सञ्चालनबारे सरकारमाथि गम्भिर प्रश्नहरु उठेका छन् : अध्यक्ष ओली

  • प्रकाशित मिति : सोमवार, भदौ ११, २०८०



  • काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि परराष्ट्र नीति सञ्चालनबारे गम्भिर प्रश्नहरु उठेको टिप्पणी गर्नुभएको छ ।

    सोमबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष ओलीले परराष्ट्र नीतिहरु र व्यवहारबारे सरकारको गतिविधिबारे गम्भिर प्रश्नहरु उठेको बताउनुभएको हो । उहाँले परराष्ट्र नीतिको मामिलामा सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने अवस्था आएको पनि बताउनुभयो ।

    अध्यक्ष ओलीले मुलुकको गुमेको भूमि फिर्ता लिन र पारस्पारिक लाभ र सम्मानको आधारमा परराष्ट्र नीति सञ्चालन गर्न सरकार, नागरिक समाज र सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताउनुभयो । उहाँले परराष्ट्र नीतिमा एकरुपता ल्याउन र मुलुकको हीत हुनेगरी त्यसको परिचालन गर्न संसदीय समितिले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

    अध्यक्ष ओलीले सबै दलको सहमतीमा परराष्ट्र नीति तय गरी त्यसको परिचालन गर्ने कुरामा संसदीय समितिले बहुतै उपयोगी काम गर्नसक्ने पनि बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij