शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

३ अर्ब खर्चेर ३ लाखलाई गरिब परिचयपत्र

  • प्रकाशित मिति : बुधबार, भदौ २७, २०८०



  • काठमाडौँ । सरकारले दस वर्षमा ३ अर्ब ४१ करोड ३१ लाख रुपैयाँ खर्चेर ३ लाख १३ हजार ३ सय ३० गरिब घर परिवारलाई परिचय पत्र दिएको छ । २०७० सालदेखि सुरु गरिब घर परिवार पहिचान कार्यक्रमअन्तर्गत अहिलेसम्म ३ लाख १३ हजार ३ सय ३० परिवारलाई परिचय पत्र दिइएको हो ।

    गरिब परिवारलाई परिचय पत्र दिएको सरकारले के, कस्ता सुविधा दिने भन्ने निर्णय भने गरेको छैन । गरिब पहिचान र परिचय पत्र वितरणमा राज्यले ठुलो लगानी गरेको छ तर गरिबी घटाउने र गरिबको दैनिकीमा परिवर्तन ल्याउने कार्यक्रम सञ्चालनमा भने प्राथमिकता दिएको छैन ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत एक दशकदेखि गरिब घर परिवार पहिचान कार्यक्रम जारी छ । सरकारले गरिब परिवार पहिचानका लागि आर्थिक वर्ष २०७०/७१ मा गरिब घर परिवार सहयोग समन्वय बोर्ड गठन गरेको थियो। बोर्डले चार वर्ष लगाएर २६ जिल्लामा ३ लाख ९१ हजार गरिब परिवार पहिचान गर्‍यो । तर भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयले उक्त तथ्याङ्क जाँच गर्दा ९० हजार मात्र गरिब परिवार भएको पाएको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij