आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध

  • प्रकाशित मिति : आइतवार, भदौ ३१, २०८०



  • काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध गरेको छ । हिन्दु नारीहरूको महान चाड तीजको अवसरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस्तो आदेश जारी गरेको हो ।

    आजबाट लागु हुने गरी गौशाला मित्रपार्क सडकदेखि पूर्व पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीसम्म यस्तो कार्य निषेध गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ ।

    पशुपतिनाथ क्षेत्र भित्र सुरक्षा कायम गर्दै धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम गर्ने उद्देश्यले यी वस्तु निषेध गर्नु परेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij