आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

शिक्षकहरुको जायज मागलाई सम्बोधन गर्नुपर्छ : अध्यक्ष नेपाल

  • प्रकाशित मिति : शुक्रबार, अशोज ५, २०८०



  • काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शिक्षकहरुको जायज मागहरुलाई सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।

    शुक्रबार नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आन्दोलनरत शिक्षकहरुको उपयुक्त र जायज मागहरुलाई सम्बोधन गर्नुपर्ने बताउनुभएको हो । उहाँले संविधानले माध्यामिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिएको भन्दै स्थानीय तहले सो जिम्मेवारी पूरा गर्न सक्नेमा आशंका व्यक्त गर्नुभयो ।

    अध्यक्ष नेपालले स्थानीय तहले शिक्षण संस्थाको उन्नति र प्रगतिमा भन्दा आफ्ना मान्छेलाई नियुक्त गर्नका लागि मात्रै प्रयोग गर्ने हो कि भन्ने आशंकाका कारण प्रश्न उठिरहेको बताउनुभयो । यद्यपी संविधानले दिएको अधिकारलाई अहिले नै परिवर्तन गर्न नसकिने उहाँको भनाई छ । वार्ता र छलफलबाट तत्कालै सम्बोधन गर्न सकिने कुराहरुलाई सम्बोधन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    अध्यक्ष नेपालले देशमा संकटको बादलहरु मडारिएको बताउनुभयो । उहाँले गठबन्धनमा आवद्ध पार्टी र नेताहरु अनुभवि रहेका भन्दै नेताहरु एक ठाउँमा बसेर छलफल गरेमा समस्यामा समाधान निकाल्न सक्ने बताउनुभयो । उहाँले देशको समस्याको समाधान सबैभन्दा बढी कम्युनिष्ट पार्टीले मात्र दिनसक्ने उल्लेख गर्नुभयो । कम्युनिस्ट पार्टीसँग वैज्ञानिक दृष्टिकोण भएको कारण समस्याको समाधान गर्नसक्ने उहाँको भनाई छ ।

    अध्यक्ष नेपालले देशलाई समृद्ध बनाउनका लागि पर्यटन प्रवद्र्धनमा जोड दिनुभयो । त्यसैगरी नेपाली उद्योगि, व्यवसायीलाई राज्यले प्रोत्साहन गर्नुपर्ने उहाँले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij