आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा चाडपर्व यातायात सहजिकरण समिति गठन

  • प्रकाशित मिति : शुक्रबार, अशोज ५, २०८०



  • काठमाडौं । सरकारले चाडपर्वमा यातायात व्यवस्था प्रभावकारी बनाउन यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा चाडपर्व यातायात सहजिकरण समिति बनाएको छ ।

    शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरोकारवाला निकायहरुसँग छलफल गरी दशैँ–तिहार र छठ पर्व लक्षित यातायात व्यवस्था प्रभावकारी बनाउनको लागि चाडपर्व यातायात सहजिकरण समिति गठन गर्नुभएको हो । उहाँले यो वर्षको दशैँ–तिहार र छठ पर्वमा गाउँ फर्कने र गाउँबाट शहर आउने यात्रुहरुको लागि यातायातका सवारी साधन, सडक तथा ट्राफिक व्यवस्था सहजिकरण गर्ने काम समितिले गर्नुपर्ने बताउनुभयो ।

    मन्त्री ज्वालाले दशैँ–तिहार र छठ पर्व लक्षित यातायात व्यवस्थापनमा पर्याप्त सवारी साधन, यात्रुलाई टिकटको उपलब्धता लगायतका विषयमा केन्द्रित रहेर काम गर्न निर्देशन दिनुभयो । उहाँले समितिमा यातायात व्यवसायी, ट्राफिक प्रहरी, नेपाल प्रहरी, प्रदेश सरकारको प्रतिनिधि, महानगर, उपभोक्ताकर्मी र सडक विभागको समेत प्रतिनिधित्व रहने बताउनुभयो ।

    मन्त्री ज्वालाले समितिले यो वर्षको चाडपर्वमा व्यवस्थित र सुरक्षित यातायात सेवा बनाउने गरी काम गर्न निर्देशन दिनुभयो । उहाँले यातायात क्षेत्रका अन्य समस्या समाधानको निम्ति एजेण्डागत रुपमा छलफल गरेर सरकारले नीतिगत, कानूनी र व्यवहारिक समाधान गर्ने बताउनुभयो । उहाँले सरोकारवाला निकायहरुको उद्देश्य चाडपर्वमा यातायात क्षेत्रमा भद्रगोल नहोस् भन्ने रहेको भन्दै चाडपर्वमा यात्रुहरुले पीडा भोग्न नपर्ने गरी व्यवस्था गर्न सबै निकाय र यातायात व्यवसायीहरुले आफ्नो–आफ्नो जिम्मेवारी पूरा गर्न आवश्यक रहेको बताउनुभयो ।

    मन्त्री ज्वालाले एउटाले गल्ती गर्दा सबैको नराम्रो सन्देश जाने भन्दै कमी कमजोरीलाई न्युनिकरण गर्न अनुमगनलाई प्रभावकारी बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले दशैँको लागि समय लामो नभएको भन्दै सडकहरुको खाल्डाखुल्डी तथा बिग्रेका सडक मर्मतका लागि आजदेखि नै काम गर्न सबै क्षेत्रका सडक डिभिजन कार्यालयहरुलाई निर्देशन दिनुभयो ।

    बैठकमा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यो वर्षको चाडपर्वमा एक जना नेपाली नागरिकले सवारी साधनको अभावमा गाउँघरमा पुगेर टिका लगाउन पाइँन भन्ने वातावरण व्यवसायीहरुले नबनाउने प्रतिवद्धता जनाउनुभयो । उहाँले व्यवसायीहरुले सवारी साधनको व्यवस्था गर्नसक्ने तर यातायात व्यवस्था विभाग, सडक विभाग र यातायात क्षेत्रको अभिभावक मन्त्रायलय भएकाले यातायात व्यवसायीहरुका समस्या चाडपर्व भन्दा अगाडि नै समाधान गर्न माग गर्नुभयो। उहाँले यात्रुहरुलाई टिकट दिन कुनै समस्या नरहेको भन्दै सडक पूर्वाधार मजबुत हुन आवश्यक रहेको बताउनुभयो ।

    उपाध्यक्ष सिटौलाले सरकारले सार्वजनिक यातायातको वैज्ञानिक भाडादर समायोजन गर्नुपर्ने बताउनुभयो । उहाँले काठमाडौंबाट सवारी साधन भरिएर जाने तर आउँदा खाली आउनुपर्ने समस्या भएकाले भाडा समायोजन हुन आवश्यक रहेको बताउनुभयो । उहाँले सधैं चाडपर्वमा सवारी साधनको भाडा वृद्धि गरेर कमाउन मात्रै लाग्ने भन्ने विषयमा अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij