आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राष्ट्रपति पौडेल आज भूकम्पप्रभावित क्षेत्र जाने

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक २१, २०८०



  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार भूकम्पप्रभावित क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै हुनुहन्छ ।

    राष्ट्रपति पौडेल भूकम्पबाट प्रभावित नागरिकको अवस्था बुझ्न आज बिहान सवा १० बजे त्यस क्षेत्रमा जान लाग्नुभएको उहाँका प्रेस संयोजक खिला कार्कीले जानकारी दिनुभयो ।

    उहाँले आफ्नो युरोप भ्रमण स्थगित गरेर त्यसतर्फ जान लाग्नुभएको हो । राष्ट्रपति पौडेलले मुलकुमा विपत्ति परेका बेला विदेश भ्रमण उपयुक्त नहुने भन्दै कात्तिक २२ देखि मंसिर १ गतेसम्मको फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गर्नुभएको हो ।

    गत शुक्रवार जाजरकोटको रामिडाँडा केन्द्र भएर ६.४ म्याग्नेच्युडको भूकम्प गएको थियो । भूकम्पमा परेर १५७ जनाको मृत्यु भयो भने झण्डै दुईसय जना घाइते भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij