आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

माओवादी केन्द्र र समाजवादीले पार्टी एकता प्रक्रियालाई गति दिने

  • प्रकाशित मिति : आइतवार, मंसिर ३, २०८०



  • काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकता प्रक्रियालाई थप गति दिइने भएको छ ।

    माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बसेको दुई दलको वार्ता टोलीको संयुक्त बैठकले एकता प्रक्रियालाई अगाडि बढाउने सहमति गरेका हुन् ।

    बैठकको सुरुमा एकता वार्ता समितिको विगतको गतिविधिबारे रिपोर्टिङ गरिएको संयुक्तरुपमा जारी विज्ञप्तिमा भनिएको छ । बैठकमा पार्टी एकताका लागि दुवै पार्टी केन्द्रलाई पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिने भएको छ ।

    समितिले दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयमा छलफल गरी सहमतिका आधारमा अगाडि बढ्ने सहमति गरेका छन् ।

    त्यस्तै, पार्टीको विधान, नाम, सङ्गठनात्मक संरचना, चुनाव चिन्हलगायतका विषयमा एकता समितिले सहमति गरे अनुरुप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय भएको छ ।

    बैठकपछि माओवादी केन्द्रका तर्फबाट वार्ता समितिका संयोजक कृष्णबहादुर महरा र नेपाल समाजवादी पार्टीका संयोजक गङ्गानारायण श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गर्नुभएको छ ।

    बैठकमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, नेपाल समाजवादी पार्टीका नेताहरु दुर्गा सोवलगायतको उपस्थिति थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij