आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

माओवादीबाट गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

  • प्रकाशित मिति : बुधबार, फाल्गुन २३, २०८०



  • काठमाडौं । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज पोखरामा बसेको प्रदेश संसदीय दलको बैठकले पार्टीले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

    यसअघि केन्द्रमा कांग्रेसँगको गठबन्धन टुटेपछि मंगलबार मुख्यमन्त्री पाण्डेले माओवादीबाट मन्त्री बनेका सुशीला सिम्खडा र रेशमबहादुर जुग्जालीलाई बर्खास्त गर्नुभएको थियो ।

    माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकार संकटमा परेको छ । ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीलाई ३१ सांसदको समर्थन आवश्यक पर्छ ।

    गण्डकी प्रदेशमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित आठ, राप्रपाका दुई र एकीकृत समाजवादीको एक जना सांसद छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij