आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एक महिनामा पाथीभरामा ५५ लाखभन्दा बढी रकम संकलन

  • प्रकाशित मिति : बिहिबार, चैत्र १, २०८०



  • ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पछिल्लो एक महिनामा पाथीभरा मन्दिरबाट संकलन भएको ५५ लाख बढी भेटी रकम जम्मा गरेको छ । फागुन महिनामा पाथीभराबाट संकलन भएको ५५ लाख ७० हजार ८८० रुपैँया विभिन्न बैंकमा जम्मा गरेको क्षेत्र विकास समितिले जनाएको छ ।

    फागुनमा जम्मा भएको भेटी रकमबारे बुधबार पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक रुपमा जानकारी गराएको हो । समितिले हरेक महिनाको अन्तिम दिन पाथीभरामा संकलित भेटीघाटी सार्वजनिक गर्दै आएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो ।

    यस्तै पछिल्लो एक महिनामा स्वदेशी तथा विदेशी गरी १७ हजार ९ सय १२ जना तीर्थयात्री पाथीभरा मन्दिरमा पुगेको तथ्यांक समेत समितिले सार्वजनिक गरेको छ । केहि दिन यता मौसम न्यानो भएसँगै पाथीभरामा भक्तजनको आगमन बढेको छ ।

    यसैबीच पाथीभरामा संकलन भएको सुनचाँदी लिलाम बिक्री प्रकृयामा रहेको समितिले जनाएको छ । रिफाइन गरिएको १७८ तोला ८२ लाल सुन र ५ हजार २९८ तोला १२ लाल चाँदी बिक्रीको प्रकृयामा रहेको बताइएको छ । गत फागुन २० गते लिलाम बिक्रीको सुचना निकालिएको र बिक्री प्रकृयामा नै रहेको समितिले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij