आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

उपनिर्वाचनमा माओवादी उम्मेदवारविहीन : अघिल्लोमा कांग्रेसलाई सघायो, यसपाली एमाले

  • प्रकाशित मिति : बिहिबार, चैत्र २२, २०८०



  • काठमाडौं। नेकपा(माओवादी केन्द्र) यसपाली इलाम २ मा प्रतिनिधिसभातर्फ र बझाङमा हुन लागेको सुदूरपश्चिम प्रदेशसभाको उपनिर्वाचनमा पुनः उम्मेदवारविहीन हुने भएको छ।

    यस अघि गत वर्ष वैशाख १० मा सम्पन्न उपनिर्वाचनमा पनि उम्मेदवार विहीनताको अवस्थामा पुगेको थियो। चितवन–२ बारा– १ र तनहुँ –२मा भएको उपनिर्वाचनमा उम्मेदवार नदिएर माओवादीले कांग्रेसलाई सघाएको थियो।

    गत उपनिर्वाचनमा कांग्रेसलाई सघाएको माओवादीले यसपटक सत्ता गठबन्धन परिवर्तन गरेर फेरि एमालेलाई सघाउने अवस्थामा पुगेको छ । यसपटक दुवै क्षेत्रमा आफ्नो उम्मेदवारी नदिएर एमालेलाई सहयोग गर्न लागेको हो।

    बैशाख १५ मा इलाम- २ र सुदूरपश्चिम प्रदेशसभा अन्तर्गत बझाङ १(१) मा हुन लागेको उपनिर्वाचनमा सत्तारुढ माओवादी केन्द्रले उम्मेदवारी नदिएर सत्ता सहयात्री एमालेलाई सहयोग गर्ने आन्तरिक निर्देशन दिइसकेको छ।

    इलाम २ मा बुधबार मात्रै टिकट दिएर पठाएका धिरेन्द्र शर्मालाई माओवादीले केन्द्रीय कार्यालयबाट एमालेका उम्मेदवारलाई सघाउन निर्देशन दिइसकेको छ।

    एमालेबाट सोही क्षेत्रबाट निर्वाचित भएका दिवंगत सुवास नेम्वाका छोरा सुहाङ उम्मेदवार छन्। माओवादीका शर्माले उम्मेदवारी नदिने बताउँदै आफ्नो साझा उम्मेदवार सुहाङ नै भएको बताएका छन्।

    यता बझाङमा सुदूरपश्चिम प्रदेशसभाको उपनिर्वाचनमा पनि हालसम्मैको घटनाक्रम अनुसार माओवादीले उम्मेदवारी नदिने देखिएको छ। तर आधिकारिक घोषणा भने गरिसकेको छैन।

    इलामको हकमा एमालेका सु्हाङलाई समर्थन गर्ने मौखिक निर्देशन दिइसकेको माओवादीका केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए। उनका अनुसार बझाङको हकमा भने अझै निर्णय हुन बाँकी छ ।

    माओवादीले बझाङमा पनि एमालेलाई नै सघाउने आन्तरिक तयारीमा रहेको जनाइएको छ । एमालेले त्यहाँ दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ।

    यद्यपि माओवादीले पनि सुदूरपश्चिम प्रदेश कमिटीका सचिव जनक बुढालाई बझाङमा उम्मेदवार सिफारिस गरिसकेको छ।

    माओवादीका एक पदाधिकारीका अनुसार अघिल्लो उपनिर्वाचनमा पनि जहाँ जसले जितेको छ उसैलाई छोडे जसरी यसपाली पनि माओवादीको उम्मेदवार नहुने निश्चित छ।

    पटक पटक उपनिर्वाचनमा उम्मेदवारविहीन हुँदा पार्टीलाई सांगठनिक क्षति हुने ती पदाधिकारी रोष प्रकट गर्छन्। तर केन्द्रमा सरकार र वर्तमान समीकरण जोगाउनु्पर्ने बाध्यात्मक अवस्थाले यस्तो निर्णय लिनुपर्ने ती पदाधिकारीले सुनाए।

    ‘संसदीय राजनीतिमा उम्मेदवारविहीन हुँदा पार्टीले ठूलौ क्षति व्यहोर्नुपर्छ । यसको पाठ हामीले पहिल्यै सिकेका छौं।, ती पदाधिकारीले भन,े ‘तर केन्द्रमा सरकार र गठबन्धन जोगाउन्ुपर्ने बाध्यात्मक अवस्था छ।’

    पटक पटक उम्मेदवार विहीन बन्दा जनमत अस्थिर भएर अन्यत्र स्थानान्तरण हुने हुँदा संगठन झनै कमजोर हुने उनले औंल्याए। हरेक निर्वाचनमा आफ्नो मतको रक्षा गर्न पनि संसदीय राजनीति गर्ने दल उम्मेदवारविहीन हुन नहुने उनको तर्क छ।

    तथापि केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारको निरन्तरता र प्रदेशमा नयाँ समीकरण अनुरुप सरकार बनाउने आवश्यकताले गठबन्धनमा विश्वसनीयता कायम गर्न पार्टीमा उम्मेदवार विहीनताको अवस्था निम्तिएको उनले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij