आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘खानेपानी समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन योजना आवश्यक’

  • प्रकाशित मिति : सोमवार, चैत्र २६, २०८०



  • महेन्द्रनगर। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेसको खानेपानी समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने बताएका छन्।

    संघीय खानेपानी तथा ढल निकासी विभागद्वारा आज धनुषाको लालगढमा आयोजित मधेस प्रदेशका लागि गुणस्तरयुक्त थोक खानेपानी वितरणसम्बन्धी परामर्श गोष्ठीमा उनले मधेसको दक्षिणी भूभागमा केही वर्ष यता पानीको सतह घटेपछि सुक्खा याममा खानेपानीको हाहाकार हुँदै आएको जनाउँदै दुवैखाले योजनालाई अगाडि बढाउन संघीय सरकारलाई आग्रह पनि गरे।

    संघीय सरकारले सुनकोशी मरिन डाइभर्सनको पानीमध्ये केही पानीलाई प्रशोधन गरी मधेसका छ जिल्लामा खानेपानी आपूर्ति गर्ने नीति लिएकामा धन्यवाद दिँदै मुख्यमन्त्री यादवले भने, ‘योजना सराहनीय छ, मधेस सरकार हातेमालो गर्न प्रतिबद्ध छ, यो योजना पूरा हुन धेरै समय लाग्छ, तसर्थ तत्कालीन योजना अघि बढाउन आवश्यक छ, हामीलाई सहयोग गर्नुस्, मधेसका चापाकल अहिले नै सुक्न थालेका छन्, तत्कालीन योजनाका लागि संघ सरकारलाई आग्रह गर्दछु।’

    संघीय खानेपानीमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रतिनिधिसभाको महिला, बालविकास तथा सामाजिक समितिका सभापति किरण साह, पूर्वखानेपानीमन्त्री महेन्द्र राय यादव, मधेस सरकारका ऊर्जा, खानेपानी तथा सिँचाइमन्त्री सिंघासन साह कलवारलगायतका वक्ताले मधेसमा खानेपानी आपूर्तिको अवस्था र आगामी रणनीतिबारे आ–आफ्नो धारणा राखेका थिए।

    खानेपानी तथा ढल निकास विभागका निर्देशक कमलराज श्रेष्ठले थोक खानेपानी आपूर्ति प्रणालीसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए। उनले सुनकोशी मरिन डाइभर्सनको पानीमध्ये केही भागलाई प्रशोधन गरेर मधेस प्रदेशको धनुषादेखि पर्सासम्म खानेपानी सप्लाइ गरी दीर्घकालीन समाधान गर्न सकिने बताए। सो परियोजनाका लागि रु ४६ अर्ब २० करोड १० लाख १५ हजार चार सय ८८ लागत अनुमान गरिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij