शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

दिउँसो सुत्ने बानी : फाइदा कि बेफाइदा ?

  • प्रकाशित मिति : शनिबार, जेष्ठ २६, २०८१



  • काठमाडौं। हामी मध्येको कतिको बानी दिउँसोको समयमा सुत्ने हुन्छ। बिहान वा साँझ काममा सक्रिय हुनेहरु प्राय दिउँसो सुतेको पाउँछौं।

    रातमा ड्युटी हुने मानिस त बाध्यतावश राति उठ्ने र दिउँसो सुत्ने गर्छन्। कोहीकोहीको चाहिँ दिउँसो सुत्ने बानी परेको हुन्छ। कतिपयले दिउँसो एक घण्टा सुत्नु स्वास्थ्यका लागि फाइदाजनक भएको बताउँछन् । भने कतिपयले चाँही दिउँसो सुत्नु हानिकारक भएको बताउँछन्।

    तर चिकित्सक भन्छन् दिउँसो सुत्नु स्वास्थ्यका लागि फाइदाजनक र हानिकारक दुवै हो। हामी कसरी र कति बेला सुत्छौं त्यो कुराले प्रभाव पार्दछ। सामान्यतया शारीरिक रुपमा कडा मिहिनेत गर्ने व्यक्तिहरु दिउँसो एकदुई घण्टा सुत्दा स्वास्थ्यलाई फाइदा गर्दछ भने दिनभर कुर्सीमा बसेर काम गर्ने व्यक्तिहरु दिउँसो सुत्नु नै हुँदैन।

    दिउँसो सुत्दा पाचनतन्त्रमा गडबडी हुन्छ र खाना सही तरिकाले पच्दैन। यसले गर्दा कब्जियत, ग्यास, अपच लगायत समस्या आइलाग्नुका साथै मोटोपन पनि बढ्छ। दिउँसो एकछिन आराम गर्दा त कुनै हानि हुँदैन तर खाना खाएर गहिरो निद्रामा जाँदा चाहिँ पेटसम्बन्धी रोग लाग्छ।

    कुन उमेरका मानिसक कति सुत्ने ?

    सामान्यतया सबै उमेर समूहका मानिसको लागि ६ घन्टाभन्दा कम सुत्नु भने स्वास्थ्यको लागि राम्रो मानिँदैन ।

    सात वर्षभन्दा मुनिका बालबालिकाको हकमा दिनमा १२ देखि १५ घन्टाको निन्द्रा आवश्यक हुन्छ । ७ वर्षदेखि १३ वर्षसम्मकाको लागि ९ देखि ११ घन्टा सुत्‍न आवश्यक हुन्छ । त्यस्तै, १४ देखि १९ वर्षका किशोरकिशोरीले ८ देखि १० घन्टा सुत्नुपर्छ । वयष्क मानिसहरूले भने ६ देखि ८ घन्टा सुत्नुपर्छ । ६० वर्षभन्दा माथिका वृद्धवृद्धाले हरुको तुलनामा धेरै समय सुत्नुपर्छ । उनीहरूका लागि १० देखि १२ घन्टा निन्द्रा आवश्यक हुन्छ ।

    जहिले मन लाग्यो उहिले सुत्दा कोही मोटाउने कोही दुब्लाउने हुन्छ । निन्द्रा अव्यवस्थित हुने बित्तिकै जीवनशैली नै अव्यवस्थित हुन जान्छ । खानपानको समय मिल्दैन ।

    दिउँसो सुत्दा हुने असरहरु

    पाचन प्रणालीमा विभिन्न समस्या देखिन सक्छन् ।
    अल्छीपना बढ्छ ।
    शरीर निष्क्रिय हुन्छ ।
    रोग प्रतिरोधात्मक क्षमता घट्छ ।
    दिउँसो सुत्दा हुने फाइदाहरु

    मानसिक थकान टाढा हुन्छ
    दिमागलाई तेजिलो बनाउँछ
    मुटु स्वस्थ रहन्छ
    तनाव घटाउँछ

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij