आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राष्ट्रिय हितलाई छाड्न भू–राजनीतिको विषय उठिरहेको छः ओली

  • प्रकाशित मिति : शुक्रबार, असार १४, २०८१



  • काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले राष्ट्रिय हितलाई छाड्न भू–राजनीतिको विषय उठिरहेको बताएका छन्।

    जननेता मदन भण्डारीको ७३औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी स्मृति प्रतिष्ठानले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले देशको हितमा नभइ देशको स्वाधिनतालाई कमजोर पार्न र आफ्नो स्वार्थ पुरा गर्न भू–राजनीतिको विषय उठिरहेको बताएका हुन्। उनले भू–राजनीतिको नाममा राष्ट्रिय स्वाभिमानलाई कमजोर पार्न नहुने धारणा राखे।

    सांस्कृतिक, आर्थिक र सामाजिक भिन्नताका दुई ठूला देशसँग खेलवाड गर्न नहुने र ठूला बलियाका प्रतिस्पर्धामा पर्न नहुने उनले बताए। ओलीले छिमेकीहरुले नेपालसँग न्यायोचित व्यवहार गर्नुपर्ने र सरकारले पनि छिमेकीसँग जायज विषयहरूमात्रै उठान गर्नुपर्नेमा जोड दिए।

    त्यस्तै ओलीले जनताको बुहदलीय जनवादमा एमालेको स्वार्थ नभएको र जननेता मदन भण्डारीको अगुवाइमा देश र जनताप्रति हितमा ध्यान दिएर प्रतिपादन गरिएको धारणा राखे।

    कार्यक्रममा फाउण्डेशनले २०८० को मदन भण्डारी राष्ट्रिय पुरस्कार पाँचथरको कञ्चनजंघा चिया बगान तथा अनुसन्धान केन्द्रलाई प्रदान गरेको थियो। केन्द्रलाई सम्मान गर्दै ओलीले विदेश निर्यातका लागि महँगो चिया उत्पादन गर्न सुझाव दिए। चिया निर्यातका क्वारेन्टाइन लगाएतका समस्या समाधान गर्न सरकारसंग आफूले कुरा गर्ने उनले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij