आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रधानमन्त्रीले ओलीले आज सचिवहरूलाई निर्देशन दिने

  • प्रकाशित मिति : मङ्लबार, साउन १५, २०८१



  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवहरूलाई मन्त्रालयका कामको प्रगति र भावी योजनाबारे निर्देशन दिनु हुनेछ ।

    प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री, मन्त्री र सचिवहरूलाई एकै ठाउँ राखेर मन्त्रालयका कामको प्रगति र भावी योजनाबारे निर्देशन दिनुहुने भएको हो ।

    आज दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने बैठकमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, उच्चपदस्थ पदाधिकारीको उपस्थिति रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री ओलीले सबै सचिवहरुसँग मन्त्रालयका कामका अहिलेको अवस्था र भावी योजनाका विषयमा गएको आइतबार साउन १३ गते सुझाव लिनुभएको थियो । सचिवहरूले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजना, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे ब्रिफिङ गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij