शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

दाङ र कैलालीका थारू बस्तीमा अटवारी पर्वको चहलपहल

  • प्रकाशित मिति : आइतवार, भदौ २३, २०८१



  • कैलाली । कैलालीका थारू समुदाय बाहुल्य गाउँ तथा बस्तीमा अटवारी पर्वको चहलपहल बढेको छ । प्रायः कृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबारका दिन मनाइने यस पर्वका अवसरमा पकाइने विभिन्न परिकार तथा अन्य गतिविधिको तयारीका लागि यहाँ चलहपहल भइरहेको छ ।

    यस पर्वमा अण्डी चामलको भात तथा रोटी, सुकेको माछा, खरिया, सिद्रा, फुलौरीलगायत स्थानीय खानाका विभिन्न परिकार बनाउने गरिन्छ । थारू कल्याकारीसभाका केन्द्रीय सदस्य प्रभातकुमार चौधरीले थारू समुदायमा विशेष रूपमा मनाइने यस पर्वको अघिल्लो दिन आज अन्तिम तयारी भइरहेको बताए ।

    “यस पर्वमा अण्डी धानको चामलबाट विभिन्न खानाका परिकारहरू तयार पार्ने गरिन्छ तर उक्त धान भने लोपोन्मुख अवस्थामा छ । परम्परागत प्रजातिको उक्त धान टाढाटाढाका थारू गाउँबस्तीमा गई व्यवस्थापन गरियो । परिकारलगायत अन्य गतिविधिका लागि आज अन्तिम तयारी भइरहेको छ । त्यसैले पनि हाम्रा बस्तीहरूमा चहलपहल छ ।”

    यस्तै, पूजाआराधना तथा ‘अग्रासन’ कोसेली राख्नका लागि चाहिने दुना, टपरी बनाउनेदेखि घर, आँगन सरसफाइ गर्नेसम्मका काम सम्पन्न भएका छन् । दुई दिनसम्म मनाइने यस पर्वमा आइतबारको अघिल्लो दिन अर्थात् आज राति व्रतालुहरूले दर खाने चलन छ । पर्वको पहिलो दिन अर्थात् भोलि व्रतालुहरू पानीसमेत नखाई निराहार व्रत बस्ने र नजिकैको नदी, पोखरी वा तलाउमा स्नान गरी पूजाआराधना गर्ने गर्दछन् ।

    यसरी पूजाआराधना गरिसकेपछि घरमा तयार गरिएका अन्नका परिकार तथा फलफूलबाट एक भाग निकालेर घरका विवाहित छोरीलाई छुट्याई सकेपछि मात्रै व्रतालुहरूले खाने गर्दछन् ।

    यसरी छुट्याइएको ‘अग्रासन’ अर्थात् कोसेली आफ्ना विवाहित चेलीबेटी तथा दिदीबहीनीका पोइलीघरमा पुर्याउने परम्परा छ । यस्तै, अट्वारी पर्वको दोस्रो दिन अर्थात् सोमबार बिहानै व्रतालुहरू स्नान गरी पुनः पूजाआराधना गर्दछन् । गुइँठाको आगो बाली घ्यू र सल्लाको काठका टुक्राहरू हाली पूजा गर्ने गरिन्छ ।

    महाभारतमा पाँच पाण्डवमध्येका माइला भाइ भीम आइतबारका दिन एक दानवको आहार बन्न गएको र उनले त्यो दानवलाई मारेर मानवजातिलाई दानवको आतङ्कबाट मुक्त गराएका कारण भीम र सूर्यदेवको उपासना गरेर पर्व मनाउने गरेको थारू अगुवाहरूले बताउने गरेका छन् । यो पर्व कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, सुर्खेत, दाङलगायत जिल्लामा बसोबास गर्ने थारू समुदायले मनाउने गर्दछन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij