शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

३६ घण्टा लामो निर्जल र निराहार उपवासपछि जितिया पर्व सम्पन्न

  • प्रकाशित मिति : बिहिबार, अशोज १०, २०८१



  • विदेह नगरपालिका-८ बफैं गाउँमा जितिया पर्व अन्तर्गत बुधबार ब्रतालु महिलाहरु भगवान जितुमाहनलाई घिरौलाको पातमा दही, चिउरा, सख्खर मिश्रित प्रसाद चढाई परन गर्दै । तस्बिर : चन्द्रदेव साह/रासस

    जलेश्वर। मिथिलाञ्चललगायत मधेशका अधिकांश क्षेत्रमा मनाइने जितिया पर्व आज मिथिलानीहरूको ३६ घण्टा लामो निर्जल र निराहारपछि सम्पन्न भएको छ।

    सन्तानको दीर्घजीवन तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व यहाँ सोमबारदेखि नै धार्मिक विधिअनुसार सुरु भएको थियो। मंगलबार बिहान ४ बजेदेखि आज साँझ सवा ५ बजेसम्म व्रतालु महिलाहरू उपवास बसेका थिए।

    यसरी उपवास बसेका महिलाहरू (मिथिलानी) ले बुधबार साँझ सवा ५ बजे पवित्र नदी, पोखरी र तलाउ तथा जलाशयमा नुहाएर अन्तिम पूजा गरी दही, चिउरा, अमोट, सख्खर र काँक्रोको प्रसाद चढाएर व्रत सम्पन्न गरेका छन्। यसरी व्रत समापन गर्ने विधिलाई मिथिलामा पारण भनिन्छ भने पारण गरेर व्रतालु महिलाहरूले आआफ्ना घरमा देवतालाई चढाएका प्रसाद ग्रहण गर्नुका साथै विभिन्न खानेकुरा खाने चलन रहेको छ।

    श्री जानकी भित्तेपात्रोमा रहेको मिथिला पञ्चाङ्गअनुसार मिथिलाञ्चलभरि असोज ७ गते सोमबार ओंगठन, असोज ८ गते व्रत र असोज ९ गते आज जितिया व्रत पारण गर्ने उल्लेख छ। तिथिको हेरफेरअनुसार यसवर्ष मिथिलाञ्चलमा सोमबार नहा खा (नुहाएर खाने) विधिबाट सुरु भएको पर्वमा व्रतालु महिलाहरू मंगलबार बिहान ४ बजेदेखि बुधबार दिनभरि उपबास बस्ने प्रचलन रहेको जलेश्वरनाथ महादेव मन्दिरका पूजारी पण्डित उपेन्द्र पाठकले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij