आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दशौं राष्ट्रिय खेलकुदका खेल कर्णालीमा मात्रै हुँदैनन् : मन्त्री चौधरी

  • प्रकाशित मिति : बुधबार, पुस २४, २०८१



  • काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आवश्यक पूर्वाधारको अभावले कर्णाली प्रदेशमा तय दशौं राष्ट्रिय खेलकुदका केही खेल प्रतिस्पर्धा नेपालगञ्ज र काठमाडौंमा हुने बताउनुभएको छ ।

    दशौं राष्ट्रिय खेलकुदको तयारीका लागि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा सचिवालय उद्घाटन गर्ने कार्यक्रमममा मन्त्री चौधरीले आवश्यक पूर्वाधार अभावले दशौं राष्ट्रिय खेलकुदका केही खेल प्रतिष्पर्धा नेपालगञ्ज र काठमाडौंमा गरिने बताउनुभएको हो ।

    यद्यपि मन्त्री चौधरीले अधिकांश खेल कर्णालीमै हुने स्पष्ट पार्नुभयो । उहाँले कर्णाली प्रदेश दुर्गम रहेकाले त्यहाँका बाटो, स्वास्थ्य र होटल लगायतका अवस्थाबारे पनि निरीक्षण भइरहेको उल्लेख गर्नुभयो । आगामी माघ ३ गते राखेपका बोर्डको बैठक बस्ने र त्यसले दशौं राष्ट्रिय खेलकुदकाबारे थप छलफल हुने मन्त्री चौधरीको भनाइ छ ।

    मन्त्री चौधरीले दशौं खेलकुदका लागि आवश्यक पर्ने आर्थिक निर्देशिका अर्थ मन्त्रालय पुगेको र छिट्टै कानूनमा पनि पुग्ने दाबी गर्नुभयो । उहाँले दशौं राष्ट्रिय खेलकुद सोचेभन्दा राम्रो र व्यवस्थित तरिकाले सञ्चालन गर्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री चौधरीले यसअघि ३६ खेल हुने भनिए पनि अबको बोर्ड बैठकले मात्र निर्धारण हुने स्पष्ट पारेका छन् । उहाँले कर्णाली प्रदेशमा आवश्यक होटल नभएकाले वैकल्पिक रूपमा होस्टलमा राख्नसक्ने पनि बताउनुभयो ।

    गत मंसिर २१ गते सम्पन्न राखेपको बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद आगामी चैत २३ गतेदेखि ३० गतेसम्म आयोजना हुने तय गरेको भनिएको थियो । यद्यपि उक्त निर्णय बोर्ड बैठकले नभई मन्त्री चौधरीले कार्यकक्षमा बनाइएको आरोप लागेको बोर्डका अधिकांश सदस्यले लगाएका थिए । यद्यपि मन्त्री चौधरीलाई यसबारे प्रश्न गर्दा उहाँले विषय पुरानो भइसकेको र माइन्युट पनि क्लोज भएको दाबी गरेका छन् ।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले देशको संघीय संरचना गएपछि राष्ट्रिय खेलकुद आयोजना पनि संघीय संरचनामा हुँदै गएको उल्लेख गर्दै यसपल्ट प्रदेशका खेलकुद निकायलाई अभैm धेरै जिम्मेवारी दिने बताउनुभयो । उहाँले विभाग र प्रदेश खेलकुदका निकायले नै तयारी गरिसकेको उल्लेख गर्नुभयो ।

    सदस्यसचिव घिसिङले प्रदेशको पहिचान झल्किने किसिमले खेलाडीले लगाउने पोशाकसँगै यातायात व्यवस्थापन गर्ने जिम्मेवारी दिइने स्पष्ट पार्नुभयो । उहाँले दशौं खेलकुदमा एनआरएनएको टोलीको सहभागिता सुनिश्चितताबारे टुङ्गो नलागेको बताउनुभयो । यसअघि एनआरएनएको सहभागिता हुँदा केही विवाद सिर्जना भएकाले यसपल्ट समस्या उत्पन्न नहुने तवरले कार्यविधि तयार पारिने सदस्यसचिव घिसिङको भनाइ छ । उहाँले कर्णालीले २४ वटा खेल आयोजना हुने र अन्य १२ खेलबारे थप छलफल हुने बताउनुभयो ।

    २०७९ सालमा नवौं राष्ट्रिय खेलकुद समापान भएकै दिन दशौं राष्ट्रिय खेलकुद आयोजनाको मिति निर्धारण गरेको थियो । गत मंसिर २ गतेदेखि दशौं राष्ट्रिय खेलकुद हुने निर्धारण गरिए पनि मन्त्री चौधरीले चासो नदिँदा समयमा खेल आयोजना हुन पाएको थिएन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij